काठमाडौँ- भारतको लोकसभा भङ्ग भएको छ।
मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति द्रौपदी मुर्मूले लोकसभा भङ्ग भएको घोषणा गरेकी हुन्।
लोकसभा निर्वाचन २०२४ को नतिजा आएपछि लोकसभालाई भङ्ग गरिएको भारतीय संचार माध्यायमले जनाएका छन्।
आज बसेको मन्त्रिपरिषद्को बैठकले १७ औं लोकसभा तत्काल विघटन गर्न सुझाव दिएपछि राष्ट्रपतिले संविधानको धारा ८५ को उपधारा (२) को उपधारा (ख) ले दिएको अधिकार प्रयोग गर्दै १७ औं लोकसभा विघटन गर्ने आदेशमा हस्ताक्षर गरेकी हुन्।


