नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४.४४ अङ्कले घटेर एक हजार नौ सय ३८.६२ अङ्कमा कायम भएको छ। बुधबारको कारोबारमा कूल २५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार ६ सय ८४ कित्ता सेयर एक अर्ब २० करोड २१ लाख ४१ हजारमा कारोबार भएका छन्।
बुधबार व्यापार समूह १०.५७ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६९.४६ र लघुवित्त समूहको उपसूचक ६८.३५ अङ्कले घटेको छ।
बैंकिङ समूह ९.९४, विकास बैंक समूह २७.२४, वित्त समूह १४.१६, होटल तथा पर्यटन ७.३९ र जलविद्युत् समूह ९.६९ अङ्कले घटेको छ। त्यसैगरी, लगानी समूह ०.४३, उत्पादन तथा प्रशोधन समूह ३२.४२, म्युचुअल फन्ड ०.०३, निर्जीवन बीमा समूह १७.०६ र अन्य समूह ४.१२ अङ्कले घटेका छन्।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शुभम् पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै ५.९० अङ्कको गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा आज एनआइसी एसिया बैंकको सबैभन्दा धेरै रू १० करोड ३५ लाख २२ हजार बराबरको एक लाख ३८ हजार ५९३ कित्ता सेयर किनबेच भएको छ।
