काठमाडौँ- एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले यूएईको ५ विकेट लिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको नेपालले १३.१ ओभरमा युएईका ५ विकेट लिएको हो। ५ विकेट गुमाउँदा यूएईले ५१ रन जोडेको छ।
सन्दीप लामिछानेले रोहन मुस्तफालाई कुशल मल्लको हातबाट क्याचआउट गराएर पाचौँ विकेट लिएका हुन्।
यसअघि सोमपाल कामीले ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै पाखा लगाएका थिए। खेलमा दोस्रो विकेट करण केसीले वृत्या अरविन्दालाई आउट गराएका थिए।


