काठमाडौँ- सुरेश शिवाकोटीको शब्द र गोविन्द मधुर आचार्यको स्वर/संगीतमा ‘मान्छे चिन्न जानिनँ’ बोलको गीत गोबिन्द मधुर आचार्य नामक ‘यूट्युब च्यानल’ मार्फत सार्वजनिक गरिएको छ।
‘द म्यूजिक ईरा’ स्टुडियोमा रेकर्डिङ गरेको गीतलाई कृष्ण बाजुरालीले मिक्सिङ गरेका छन्।
गायक आचार्यले सयौं गीतहरुमा स्वर दिनुका साथै संगीत भरी सकेका छन्। चर्चामा आएका गायक एबम संगीतकार हुन।मेरो पनि दिन आउला जस्ता कर्णप्रिय गितका सर्जकले स्वर भरको गजल ‘मान्छे चिन्नै जानिनँ’ अहिले टिकटकमा चर्चामा छ।
सानै उमेर देखी नै गीत संगितमा रूचि राख्ने सुरेश शिवाकोटीले तल्कालिन परिवेशलाई प्रभावकारी बनाउन माया प्रेमलाई उत्कृष्ट तवरबाट संयोजन गरि शब्द रचना गरेको बताउछन।
शिवाकोटी सुर्के थैली खै, कुटुमा कुटु सुपारी दाना जस्ता थुप्रै गितका बहुचर्चित सर्जक राजनराज शिवाकोटी काकाबाट आफू प्रभावित भई यो क्षेत्रमा प्रवेश गरेको बताउछन्।
‘मान्छे चिन्न जानिनँ’ छोटो समयमा नै दर्शक श्रोताको रोजाइमा पर्न सफल भइ युट्युब तथा अन्य सामाजिक सन्जाल तथा अन्य प्लेटफर्महरुमा धेरै राम्रो प्रतिक्रिया आई रहेको देख्न सकिन्छ।
भिडियो


