काठमाडौँ- बर्दियाका करण परियार नेपाल आइडल सिजन ५ को बिजेता बनेका छन्।
शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन्।
गायन रियालिटी शोमा दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन्।
उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन्। उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन्।
यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने। उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे।
दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए। उनले स्कुटर पुरस्कार प्राप्त गरे।
चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ को विजेता दर्शकको भोटको आधारमा गरिएको हो।
नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन्। शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए।


