काठमाडौँ- एसिया कपमा पुग्नको लागि त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनल जारी छ। एसिया कपमा जानका लागि नेपाल र युएई एकअर्काविरुद्ध खेलिरहेका बेला सेप्टेम्बरका लागि तोकिएको कप पाकिस्तानमा हुनेमा आशंका उब्जिकएको छ।
भारत र पाकिस्तानबीचको राजनीतिक विवादका कारण भारतीय टिमले पकिस्तानमा क्रिकेट नखेल्ने बताउँदै आएको थियो। पाकिस्तान क्रिकेटले सोमबार सूचना सार्वजनिक गर्दै यस्तै प्रकारको जानकारी दिएको हो। यसअघि बनेको एसिया क्रिकेट काउन्सिलको बैठकमा पाकिस्तानले हाइब्रिड मोडेल ल्याएको थियो।
उक्त मोडेल अनुसार भारतले पाकिस्तानमा खेल्नु नपर्ने र उसको खेला युएईमा सार्ने बताइएको थियो। यसो भएमा भारतीय टोलीका खेल युएईमा हुने थियो। यो मोडेलमा इन्डियन क्रिकेट कन्ट्रोल बार्डका सचिव तथा एसीसीका अध्यक्ष जय साहले पनि उत्सुकता प्रकट गरेका थिए।
साह भारत फर्किएपछि फेरि यो मोडेलप्रति नकारात्मक बनेका हुन्। यससँगै अब बिसीसीआईले भारतमा ५ देशीय कप आयोजनाको तयारी गरिरहेको छ।
एसिया कप नै आयोजना नभए एसीसी प्रिमियर कप विजेता बनेको टोलीले खेल्न पाउने छैन। काठमाडौँमा जारी एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कप खेल्ने नेपालको लक्ष्य छ।
एसीसी प्रिमियर कप विजेता टोलीले भारत र पाकिस्तानसँग खेल्न पाउने सेड्युल निर्धारित छ।
