काठमाडौँ- लोक, लोकदोहोरी, लोक आधुनिक, लोक पप र मौलिक सांस्कृतिक भाकामा विशेष लगाव राख्ने कृष्ण समीप बैँसालु फूलमार्फत बजारमा आएका छन्।
कृष्ण समीपकै शब्द र सङ्गीत सृजनामा तयार भएको छ। संगीत संयोजन कृष्ण केसीको छ भने प्रिज्म डिजिटलमा रेकर्ड गरियको गीत बैँसालु फूलमा कृष्ण समीपलाई गायिका दीपिका पौडेलले साथ स्वरमा साथ दियकी छिन्। दीपिका पौडेलको प्रस्तुतिमा कृष्ण समीप सुवेदी युट्युब च्यानलबाट गीत डिजिटल बजारमा आएको हो।
पौडेल नयाँ गायिका हुन्। यसअघि कृष्ण समीपसँगै उनको सलल काली गङ्गा गीत बजारमा आएको थियो।
बैँसालु फूलको भिडियोमा मोडल तथा नायिका रजनी गुरुङ्ग, कृष्ण समीप सुवेदी, पौडेल तथा बालकलाकार सिम्रन खरेलको अभिनय रहेको छ। मुकेश नेपालीको निर्देशन रहेको अत्यन्त आकर्षक बनेको भिडियोमा गायक कृष्ण समीपलाई नृत्यमा मस्त सुहाएको छ।
दुई दशक अघिबाटै नेपाली गीत संगीनमा पाइला चालेका पर्वको पाङमा जन्मेका गायक कृष्णसमीप सुवेदीले झन्डै ४०० गीतमा आफूलाई प्रस्तुत गरिसकेका छन्। गायनसँगै लेखन र संगीत भर्ने काम पनि गरिरहेका उनी आफूलाई मोडलको रुपमा प्रस्तुत गर्न थालेका छन्।
गायक कृष्ण समीप रेडियो कार्यक्रम प्रस्तोतासमेत हुन। इमेज एफएममा उनले संचालन गर्ने कार्यक्रम उकालीओराली, इनसाइड स्टोरी र लोकपप लोकप्रिय छन्।
लोकगीततर्फ सिरसिर बतास,चल्न माया चल, सलल काली गङ्गा ,मेरा आँखामा, कोरीयाको चक्कर, माझी दाईको जिन्दगी, कति राम्रो बिहानीको घाम, मनको तिर्खा मेट्न, घाम पानी घमाइलो, जोर बत्ती पालैमा, सिरुपाते खुकुरी, हेर ऐनामा, सिमली छायालेलगायत लोकप्रिय बनेका थिए। आधुनिक तर्फतर्फ मेरो कल्पनामा आउने मान्छे तिमी, भागिहाल्यौ अझै भाग, तिम्रो बाटो मेरो बाटो, सुख दु:ख, सम्झेर आँसु नझार प्यारीलगायत चर्चित बने।
ओ माया बोलन, ए भन्दे बतास, देउराली (एल्बम) तरकारी काउली, पोखरा जाने घुम्ती छ बाटो, पहिलो चोटि अँखा जुद्धा, सिङ्गापुरे सोल्टीको माया लगायत लोकपप विधाका उनका गीत हुन्।
शास्त्रीय सङ्गीत सिकेर गीतसङ्गीतभित्र डुबुल्की मारेका कृष्ण समीप देउडा, सालैजो, सेलो, काठे, पूर्वेली चण्डीलगायत नेपालमा प्रचलित लगभग सबै खाले भाका गायका छन र गाउन चाहन्छन्। ‘कृति ल्याउने हो विकृती हैन’ भन्ने कृष्ण समीप आगामी दिनमा गीतसङ्गीतमा नयाँ प्रयोगसहित आउने सोचमा छन्।


