२०८३ कार्तिक १२ गते बुधबार

‘यो अन्दोलन विकासको लागि हो, विरोध गर्नेलाई पनि फाइदा छ’

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १८
mahabir pun (5)

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका संथापक तथा वैज्ञानिक महाविर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनपर्ने माग गर्दै अनिश्चितकालीन धर्ना सुरु गरेको चार दिन वितिसकेको छ।  वैज्ञानिक अनुसन्धन र नवप्रवर्तनबारे पटकपटक कुराकानी गर्दा पनि सरकारले ध्यान नदिएपछि गएको शुक्रबारबाट माइततिघरमा पुनले धर्ना थालेका हुन्।

धर्नामा बसेका पुनले इतिहासमा पटक पटक यस्ता आन्दोलन भए पनि सरकारले वेवास्ता गर्दै आएको दाबी गरे। उनलेले भने, ‘विज्ञानसम्बन्धि विभिन्न किसिमका आन्दोलनहरु नेपालमा थुप्रै भयो। ति आन्दोलन ज–जसले गरे उनीहरुले रहरले गरेका थिएनन्, बाध्य भएर गरेका थिए। यस्ता, आन्दोलनहरु भइरहेको छ। अलिहे, आन्दोलनहरुलाई निर्मुल पार्नको लागि यो धर्ना गरेका हौँ।’

अहिले देशको आर्थिक अवस्था नसुध्रिएको कारणले जनताले दुःख पाएको महावीरका तर्क छ। सरकारको ढुकटीमै पैसा सकिएपछि विभिन्न सरकारी कर्मचारीलेसमेत तलब पाउन सकेका छैनन्।

‘भ्रष्टाचार बढ्ने, आन्दोलन हुने, आपसी झैझगडलगायत सबै कुराको मुल जरा अर्थतन्त्र नसुध्रिनु हो। यदि हामीले देशको अर्थतन्त्र बलियो नबनाउने हो भने यस्ता आन्दोलनहरु भइरहन्छन्,’ उनी आन्दोलनको औचित्यमा प्रकास पार्छन्।

महावीर पुनले विसं २०६८ देखि राष्ट्रिय आविष्कार केन्द्र चलाउँदै आएका छन्। लामो समय जग्गा र भवनको खोजि गरेका पुनः ले नपाएपछि अन्ततः कीर्तिपुरको त्रिवी विश्वविद्यालयभित्र केन्द्र चलाउँदै आइरहेका छन्। अहिले उनी यो केन्द्रबाट थप वैज्ञानिक अनुसान्धन गर्न चहान्छन्। त्यसको लागि स्रोत आवश्यक पर्छ। यसैका लागि उनले सरकारसँग रकम माग गरेका थिए। तर पाएका छैनन्।

सरकारले अनुसन्धानमा लगानी नगरेको कारण देशमा नै उत्पादन हुने चिज विदेशबाट आयात गरिरहनु परेको उनको तर्क छ। ‘रुखबाट टिपेर आँप खान मन लाग्यो भने पहिला बीउ रोप्नु प¥यो। मल जल गरेर फल फलेपछि मात्र खान पाईन्छ,’ उनी उदाहरण दिँदै भन्छन्, ‘त्यसैगरि अनुसन्धान, नवप्रवर्तन र आविष्कार भनेको अर्थतन्त्रको बीउ हो। नेपालमा अहिलेसम्म हामीले यो बीउ रोपेकै छैन।’

उनी अगाडि भन्छन्, ‘राणाकाल भन्दा अगाडि त्यस्तो बीउ रोप्ने कुरा आएन। राणाकालपछि अर्थतन्त्रको बीउ रोप्ने मौका थियो तर हामीले रोपेनौ। राणा शासन नासिएको ७२ वर्ष भयो, यसबीच २२ जना प्रधानमन्त्री हुनुके। थुप्रै सरकार बन्यो। धेरै राजनीतिक परिवर्तन भयो। कसैले पनि अर्थतन्त्रको बीउ रोपेन। त्यसैले हामीले अर्थतन्त्र सुधार्न पहल गर्नको धर्ना गरेका हौ।’

सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रबन्ध नगरेसम्म धर्ना बसिरहने पुनको सोचाइ रहेको छ। ‘संसदहरुले भाषण र उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने ? यस्तो हुनै सक्दैन, अब सांसदले कानुन बनाएर विकासमा लाग्नुको विकल्प छैन। सरकारले अरु क्षेत्र हेर्न दर्जनौ विभाग र सरकारी संरचना बनाएको छ। तर अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने कुनै सरकारी निकाय खै ?’ पुन प्रश्न गर्छन्।

नेपालमा अनुसन्धनलाई धरै महत्व दिइँदैन। बजेटमा अनुसन्धन गर्ने भनिएको विषय पनि धेरै वर्षसम्म त्यत्तिकै रहने गरेको छ। सरकारले पनि यो क्षेत्रलाई पुरा वेवास्ता गर्ने गरेको छ।

‘हाम्रो माग पुरा नभएसम्म हामी धर्नामा बस्छौँ। यो अनुरोध सबै पार्टीलाई कि यहाँ आएर मेरो भाषण सुनुन। की मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिउन्,’ उनले भने, ‘यो समग्र नेपालीको पीडा हो। संसदमा केहिले बोले भन्ने सुने तर बोलेर मात्रै केही हुदैँन। कदम पनि चाल्नुपर्छ।’
देशको अर्थतन्त्र सुधार गर्न देशमा नै रोजगारीको अवस्था सिर्जना गर्न र आविष्कार क्षेत्रको लागि धर्ना बसेकोको पुनले बताएका छन्। तर चार दिनसम्म पनि सरकार मौन रहेको कारण उनले सरकारसँग आपत्ति पनि जनाएका छन्।

‘हाम्रो कुरा नसुन्नु भनेको २००७ सालदेखि अहिलेसम्म बनेका सबै सरकार मौन हुनु हो। त्यसकारण यस मौन सरकारलाई कुम्भकर्णे सरकार भन्ने अवस्था आएको छ,’ पुनले भनेका छन्, ‘अहिले ७२ वर्षसम्म सबै सरकारको कुम्भकर्ण निद्रा भयो। अब यिनीहरुलाई उठाउन निकै गाह्रो छ। तर जसरी भए पनि उठाउन प¥यो त्यसैले अहिलेको हाम्रो अभियान यहि हो। यो अभियान सरकारलाई गाली गर्न चलाएको होइन्।’

पुनका अनुसार, समाजमा जनचेतना फैलाउने अभियान को लागि यो आन्दोलन रह्यो। अनुसन्धान नवप्रवर्तन र आविष्कारलाई समाजले नबुझेको पुन बताउँछन्। ‘समाजले नबुझेपछि सरकारले कसरी बुझ्छ ? पहिले समाजले बुझ्नु पर्‍यो। समाजले बुझेपछि पो सरकारले बुझ्छ। उसाई जवाफ दिन मिल्छ,’ उनले भने।

पुनको आविष्कारको आन्दोलनलाई दलका नेता कार्यकर्ता पनि समर्थन गर्न आईरहेका छन्। ‘पुर्व प्रधानमन्त्री आउनुभयो, सबै दलका नेताहरु आए। आउनेलाई म धन्यबाद। यो मेरो लागि मात्र काम होइन यो तपाईंकै लागि हो। सार्थन गर्ने हरुका लागि मात्र होइन विरोध गर्नेहरुको लागि पनि हो,’ पुनले भने, ‘किनभने अनुसन्धान आविष्कार भनेको देशको अर्थतन्त्र विकास गर्ने माध्यम हो। देशको अर्थतन्त्रको विकास भयो भने सबैलाई फाइदा हुन्छ।’

प्रकाशित: २०८० बैशाख १८ गते सोमबार १२:४७
प्रतिक्रिया

थप समाचार

वायु प्रदूषण बढ्दोः काम नपरेसम्म घरबाट बाहिर ननिस्कन आग्रह

काठमाडौं – पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ। डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना