२०८३ कार्तिक १२ गते बुधबार

स्वदेश फर्केपछि क्यानभासमा पुनर्जीवन

 |  सचिन्द्र श्रेष्ठ
Sanket

सचिन्द्र श्रेष्ठ

काठमाडौँ, असार १४
bhuwan_art (1)

काठमाडौँ- घरका भित्ताहरू, क्यानभासमा रङहरू यत्रतत्र पोखिएका र कोठामा छरपस्ट छरिएका चित्रमा एकोहोरो घोत्लिरहेका भेटिन्छन् आजकल भुवन डंगोल। १२ वर्ष विदेश बसाइलाई बिट मार्दै स्वदेश पसेका डंगोलको दिनचर्या नै अहिले क्यानभास, पर्खाल र भित्तामा रङ पोत्नु बनेको छ।

स्कुले जीवनमै चित्रकलाको भोक भरिएका डंगोल हाल यसमै जीवन खोजिरहेका छन्। आफ्नो रूचिलाई अहिले पेसा बनाएकोमा खुसी छन्।

चित्रकारिताको यात्रामा हिँड्दा कहिल्यै ललितकला नपढेका भुवनले आफ्नै दाइ शशिकुमार डंगोल र गुरु एवम् साथी डिल्लीराज घिमिरेलाई पच्छ्याउँदै यो सिप सिकेका हुन्।

सानैदेखि चित्र कोर्न माहिर भुवनले कलाको विषयमा केही जानेबुझेका थिएनन्। तर चित्र कोरिरहन्थे, आफ्नै घरमा दिनहुँ रङसँग खेल्दै हुर्केका उन् उनी।

विदेशबाट फर्केपछि कहिले कहाँ त कहिले कहाँ गएर भित्ता, पर्खालदेखि साइनबोर्डमा समेत रङ भर्दै आएका छन्। आफूलाई व्यावसायिक चित्रकार बनाएका छन्।

आजकल उनलाई कमै मात्र फुर्सदमा भेट्न सकिन्छ। कलालाई माझ्न लागि परेका छन्। हरदिनजसो रङसँग रमाउने र आफूसँग भेट्न आउनेसँग साक्षात्कार गर्ने उनको दैनिकी छ।

 नुवाकोटमा वि. स.२०३५ सालमा जन्मेका भुवन घरको भित्ता, स्कुलका भित्तामा त कहिले कागज हुँदै कपडामा पनि विभिन्न वुट्टा भर्न सिके।

कपडामा थरीथरी बुट्टा भरेर कोठाका टेबल, कुसन र पलङ सजाउनुका साथै आफ्ना साथीभाइ इषटमित्र, गुरु एवम् भगवानका चित्र कपडामा उतारे। ओइल पैन्ट, फिगरेटिभ, ल्यान्डस्केप, पोट्र्रेट, एक्रेलिक पेन्टले क्यानभासमा उतारेका स्केचहरू कोठाका भित्ताहरू सजिएका हुन्छन्।

‘एउटा सामान्य तस्बिरलाई ओइल पेन्टबाट स्केच बनाउन धेरै मेहनत गर्नुपर्छ,’ उनको अनुभव छ। एउटा चित्र कोर्न र सुकेर तयार हुन १० दिनसम्म लाग्ने उनको अनुभव छ। वाटर कलर माध्यमबाट तयार पारिएको चित्र छिट्टै सुक्ने तर लामो समय टिकाऊ नहुने बताउँछन्।

०५३ मा नुवाकोटको आदर्श क्याम्पसबाट आई कम हुँदै काठमाडौँको सरस्वती क्याम्पसबाट बी.कम सकेका डंगोल पत्नीसहित एक छोरा र एक छोरीका साथ हाल काठमाडौँमा बसोबास गर्छन्।

पहिलो विदेश साउदीमा सेक्युरिटी गार्डको गरेका भुवनले दुई वर्षपछि फर्केर पुनः अर्को देश यूएई (दुबई) गए। उनले ड्राइभिङ्गमा आफ्नो हात हाले। त्यहाँ पनि सफलता हासिल गरे। लामो समय विदेस बसे पनि आफ्नो चित्रकलालाई सजिलै बिर्सन सकेनन्। दुबई बस्दा पनि फुर्सदका बेला विभिन्न चित्र कोर्ने गर्थे।

२०८० मा सदाका लागि दुबई छाडेर स्वदेश फर्केका डंगोल अहिले पछाडि फर्कन चाहन्नन्।

‘हातमा सबै सिप छ। जे काम गरेर पनि आफ्नै ठाउँमा खान सक्छु, परिवार पाल्न सक्छु भनेर उनले सधैँको लागि विदेस छाडेर आएको हुँ,’ भुवन भन्छन्, ‘रङहरूको कलात्मक बान्कीमा उतार्न र ब्रस सँग खेल्न पाउनुमै खुशी लाग्छ।’

उनले यस चित्रकलाको हुटहुटी कहिल्यै नमर्ने बताउँछन्। भुवन भन्छन्- कहिले एक्लै घरमा चित्र कोर्ने त कहिले साथीसँग बाहिर गएर काम गर्ने भएकाले बाँचुञ्जेल चित्रकलाभन्दा टाढा बस्न कदापि सक्दिनँ।

घरमा रङसँगै ‘इजल’मा पेन्टिङ गर्नुको मज्जा बेग्लै रहने हुँदा एक्रेलिक रङ होस् या ओइल रङ, जुन कुनैको सहाराले क्यानभासमा कैद गर्नु र त्यसलाई प्रस्फुटन गराउन सक्नु चित्रकारको खुबी हुने भुवनलाई लाग्छ।

बेलाबेलामा ललितकलासँग आबद्ध संघसंस्थाको आयोजनामा हुने प्रदर्शनी, साक्षात्कार, सभामा जान कहिल्यै छुटाउँदैनन्। फुर्सदमा कलासम्बन्धी प्रशिक्षण लिइरहन्छन र सिक्न आउनेलाई आफ्नो सिप बाँड्छन्।

मानिसको मन हो कहिले उतारचढ़ाव आउने जाने गर्छ नै! समाजमा बसेपछि केही राम्रो/नराम्रो हुन्छ नै। त्यस्तै समसामयिक सामाजिक विषयवस्तुको चित्रसमेत क्यानभासमा उतार्न आफूलाई मन पर्ने बताउँछन्। भन्छन्- चित्रमार्फत अरुलाई समाजको बिम्ब प्रस्तुत गर्न सकियोस्।

आफूले सिर्जना गर्ने चित्रको अहिलेसम्म सबै भन्दा बढी चालीस हजारसम्म पाएको सम्झन्छन् भुवन। कुनै ‘फिक्स रेट’ नभएको बताउने उनी आफूलाई सिपको मूल्य अनुसारको रकम दिए खुसी हुने बताउँछन्। कतिलाई डंगोलले सित्तैमा समेत पेन्टिङ दिएका छन्। स्कुल, सामाजिक संघसंस्था, मन्दिर र आश्रममा उनी निःशुल्क पेन्ट गर्छन्।

अघिल्लो महिना आफ्नै जन्मथलो नजिकको रसुवामा गई ५ स्कूल पुगेर भित्तामा चित्र कोरे। साइन बोर्ड बनाए। धेरै वर्षपछि आफू हुर्के-पढेको स्कूल गएर विगतलाई स्मरण गरे।

भुवनले वि.स.२०५० सालमा नीलकण्ठ माध्यमिक विद्यालय रसुवाबाट एसएलसी दिएका हुन। कहिलेकाहीँ साथीहरू र गुरूहरूको जमघट काठमाडौँमा हुने गर्छ। सामाजिक सञ्जालमा साथीहरूले भुवनले बनाएको चित्र राख्छन्, तारिफ गरेका क्याप्सन राख्छन्। उनको चर्चा विस्तार हुन्छ। नयाँ मान्छेहरू जोडिन्छन्। भवनलाई हौसला थपिदिन्छ यस्तैयस्तै ससाना कुराले।

‘फेसबुक होस् या टिकटकमा आफ्ना कलालाई प्रदर्शन गर्ने चौतारी भएको र सकारात्मक या नकारात्मक कुरा सुन्ने बुझ्ने काम भएको छ। उनले भने- धेरैले कामको सह्राना गरेको र सामाजिक सञ्जालमा कतिले आफ्ना लागि पनि बनाइदिन पनि भन्ने गर्नुभएको छ।

आफूले क्यानभासमा कोरिएका इन्द्रेणी रङहरूमा आफ्नो जीवन पनि उही इन्द्रेणीजस्तो लोतपोत झल्किनुले सास रहुन्जेल रङसँगै रमाउने उनको अबको धोको छ।

चालीसको दशकदेखि क्यानभासमा चित्र उतार्न थालेका भुवनले कहिले विदेस त कहिले स्वदेश आवतजावत गर्दै समय बिताए।

उनलाई थुप्रै शुभेच्छुकहरूले एकल चित्रकला प्रदर्शनी गर्न पनि सुझाएका छन्। भुवनले त्यो प्रस्तावलाई महत्व दिएनन्। तर अब भने उनलाई प्रदर्शनी गर्नपर्ने लाग्न थालेको छ। चित्रकारितामा आउन चाहने भाइबहिनीलाई स्वेदशमै रोजगारी मिलोस् भन्ने उनको कामना छ।

प्रकाशित: २०८१ असार १४ गते शुक्रबार ०२:३५
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना