काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा आगामी २४ वैशाखका लागि अधिवेशन आह्वान गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २० वैशाखको सिफारिसमा २४ वैशाख २०८० आइतबार दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ।


