काठमाडौं- नेपाली कांग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शपथ दिलाएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन्। यसअघि कानुन मन्त्रालयको जिम्मेवारी रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हालेका थिए।
गठबन्धन दललाई मन्त्रालय भागबन्डा लगाउने क्रममा ८ पटक मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री प्रचण्डको काँधमा खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी छ।
