काठमाडौँ- नृत्यनाटिका ‘जून’को मञ्चन सुरु भएको छ। मण्डला थिएटरमा शुक्रबारदेखि नाटिका मञ्चन सुरु भएको हो। नम्रता केसीको परिकल्पना र निर्देशन रहेको नाटक संयोग गुरागाईंको लेखन रहेको छ।
नृत्य नाटिका ‘जून’ नाचगानको पृष्ठभूमिमा टेकेर नारी चेत, विद्रोही र साहसी भावको प्रदर्शन गर्न खोजिएको छ।
काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा मञ्चित नाटक कथक नृत्यमा आधारित छ। यसमा कलाकारले एउटी परीको संघर्षरत दन्त्य कथा प्रस्तुत गर्न खोजेका छन्।
स्थेस्टिक डान्स स्टुडियोको प्रस्तुति रहेको नाटकमा सलिन मगर र शाश्वत श्रेष्ठको संगीत छ। नाटकमा मेलिशा घिमिरे, कुन्ती सिमली, निकोल श्रेया तामाङ,रिजवान थापा, अनिश पुडासैनी, ज्ञानु लामा, अनामी बोहरा, प्रियंका चम्लागाईं, दिलासा गुरुङ, सर्मिष्ठा दास, सुजाता दास र दृष्टि दाहालको नृत्यसहितको अभिनय छ।
नाटक वैशाख २४ गतेसम्म मञ्चन हुनेछ।


