इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सशस्त्र झडपमा परी ९ जनाको मृत्यु भएको छ। ६ सैनिक र ३ विद्रोहीको मृत्यु भएको पाकिस्तानी सेनाले बिहीबार जानकारी दिएको छ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)का अनुसार अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी वजिरिस्तानको दिर्दुनी क्षेत्रमा सुरक्षा बल र आतङ्ककारीबीच गोली हानाहान हुँदा उनीहरूको मृत्यु भएको हो।
सेनाले घेरा हाली कारबाही सुरु गरेपनि आतंककारीभन्दा बढी क्षति सैनिक तर्फ नै भएको छ।


