काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्ने भएका छन्। हालका राष्ट्रपति जो बाइडनले चुनावी प्रतिस्पर्धाबाट अलग हुने घोषणा यसअघि नै गरिसकेका छन्। बाइडनले चुनावी दौडबाट बाहिरिँदै ह्यारिसलाई समर्थन गर्ने फैसला सुनाएका थिए।
ह्यारिसलाई समर्थन गर्ने बाइडनको घोषणाबारे ओबामाले कुनै प्रतिक्रिया जनाएका थिएनन्। तर शुक्रबार ओबामा र उनकी पत्नीले एक बयान जारी गर्दै ह्यारिसलाई समर्थन गर्ने जनाएका हुन्। ‘ह्यारिसलाई समर्थन गर्न पाउँदा खुसी लागेको छ। उनको जितका लागि जे सम्भव हुन्छ त्यो गर्नेछौं। हामीले फोनमा उनीसँग कुरा गरेका छौं। उनी काविल राष्ट्रपति बन्नेछिन्। र हामी उनलाई समर्थन गर्नेछौं,’ ओबामा दम्पतीले भनेका छन्।
ह्यारिसलाई अधिकांश डेमोक्रेट नेताहरुले समर्थन थरेका छन्। उनलाई अगस्टमा पार्टीले आधिकारीकरुपमा उम्मेदवार घोषणा गर्न सक्ने बताइएको छ।


