काठमाडौँ- आज विश्वभर बाघ दिवस (जुलाई २९) मनाइँदैछ। बाघ दिवसको अवसर पारेर राजधानीमा विशेष कार्यक्रम आयोजनासमेत गरिएको छ।
बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ।
सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ।
सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ रहेका छ।
बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्यांक छ।
सोही अवसरमा आज ललितपुरको जाउवाखेलस्थित सदरचिदिया खानामा बाग हेर्ने सर्वसाधारणको भीड लागेको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


