बेङ्गलुरु- भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानमा मङ्गलबार कम्तीमा ९३ जनाको मृत्यु भएको छ भने कम्तीमा दुई सय ५० जनालाई बचाइएको अधिकारीहरूले बताएका छन्।
केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ। वायनाड जिल्लाको प्रकोप क्षेत्रमा जाने बाटो अवरुद्ध भएकाले राहत कार्यमा कठिनाइ भएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले केरलाका मुख्यमन्त्रीसँग कुराकानी गरेको र सङ्घीय सरकारले उद्धार प्रयासमा सहयोग गर्नेमा आश्वस्त तुल्याएको बताए।
मोदीले मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत घोषणा गरेका छन्।
केरलाको विपद् प्रबन्धन विभागले वायनाड, कोझीकोड, मल्लापुरम र कन्नूरमा ‘रेड अलर्ट’ जारी गरिएको बताएको छ।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले भने, “हालसम्म ९३ शव फेला परेका छन् । यो हाम्रो राज्यले देखेको सबैभन्दा खराब प्राकृतिक प्रकोप हो।”
अन्य एक सय २८ जनालाई उद्धारपछि उपचारका लागि अस्पताल लगिएको उनले बताए।
जिल्लाका धेरैजसो बासिन्दा सुतिरहेका बेला बिहानैदेखि लगातार दुईवटा पहिरोले जिल्लाका धेरैजसो सम्पदा प्रभावित भएका छन्।
नेशनल डिजास्टर रेस्पोन्स फोर्सले प्रकाशित गरेका तस्बिरहरूले उद्धार टोलीहरू बाँचेकाको खोजी गर्न र स्ट्रेचरहरूमा शवहरू बाहिर लैजान हिलोमा हिँड्दै गरेको देखाइएको छ।
पहिरोले कार, नालीदार फलाम र विपद् स्थल वरपरका अन्य फोहोरहरू छरिएका कारण घरहरू खैरो धुलोले भरिएका थिए।
भारतीय सेनाले राज्य सुरक्षा बलहरू र अग्निनियन्त्रकहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गर्न यस क्षेत्रमा दुई सयभन्दा बढी सैनिक तैनाथ गरेको बताएको छ।
केरला राज्य मन्त्री एम.बी. राजेशले हालसम्म दुई सय ५० भन्दा बढी व्यक्तिको उद्धार गरिएको बताउनुभएको द हिन्दू पत्रिकाले जनाएको छ।
उक्त घटनामा घाइते पीडित परिवारले दुई लाख रुपैयाँ क्षतिपूर्ति पाउने प्रधानमन्त्री कार्यलायले बताएको छ।
केरलामा मङ्गलबार थप वर्षा र तीव्र हावाको पूर्वानुमान गरिएको राज्यको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ।


