काठमाडौँ- पटनामा मुख्यमन्त्रीको कार्यालय (सिएमओ) लाई भवन उडाउने धम्कीपूर्ण इमेल प्राप्त भएपछि बिहार प्रहरीले उक्त मामिलालाई दर्ता गरेको छ।
सिएमओले जुलाई १६ मा एक अज्ञात अकाउन्टबाट अल–कायदासँग सम्बद्ध रहेको दाबी गरेको इमेल प्राप्त गरेको थियो। इमेल प्रेषकले सीएमओ परिसरलाई बमले उडाइनेछ भनी धम्की दिएको र बिहारको विशेष प्रहरीले पनि यसलाई रोक्न नसक्ने बताएको छ।
धम्कीपूर्ण इमेलले प्रहरी र प्रतिआतङ्कवाद दस्ता ९एटिएस० लाई अनुसन्धान सुरु गर्न प्रेरित गरेको थियो। त्यसपछि अगस्ट २ मा स्टेशन हाउस अफिसर सञ्जीव कुमारको बयानका आधारमा सचिवालय प्रहरी थानामा एफआइआर दर्ता गरिएको थियो।
भारतीय न्याय संहिता, २०२३ को धारा ३५१ (४) र (३) का साथै आइटी ऐन को धारा ६६ (एफ) अन्तर्गत निवेदन दर्ता गरिएको प्रहरीले बताएको छ।


