काठमाडौं- जापानमा ६.९ म्याग्नीच्यूडको भूकम्प गएको छ। शक्तिशाली भूकम्प गएपछि सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। बीबीसीका अनुसार दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको बताइएको छ।
भूकम्पले पुर्याएको क्षतिबारे एकिन जानकारी आइनसकेको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ। गत जनवरीमा जापानको इशिकावामा भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो।


