काठमाडौं– यतिबेला गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज देशभर नै सामान्य वर्षा हुनेछ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ।
राति भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन सहित मध्यम वर्षा हुनेछ।



