लन्डन- बेलायती राजा चार्ल्स तृतीयले राजमुकुट पहिरिएका छन्। शनिबार लन्डनस्थित वेस्टमिन्स्टर एबीमा विशेष समारोहबीच उनलाई राजमुकुट पहिराइएको हो।
क्याटरबरीका आर्कबिसपले राजा चार्ल्सलाई मुकुट पहिर्याइदिए। आर्कबिसपले सेन्ट एडवर्डको मुकुट राजाको शिरमा राखिदिएका थिए। रानी क्यामिलियालाई पनि मुकुट पहिर्याइएको छ। राजमुकुट पहिराउने समारोहमा दुई हजारभन्दा बढी विशिष्ट अतिथि उपस्थित थिए।
नेपालबाट परराष्ट्रमन्त्री राज्याभिषेक समारोहका लागि लन्डन पुगेका छन्।



]





