काठमाडौँ- काठमाडौँ उपत्यकामा हरेक वर्ष गाइजात्रा विशेष हुने गर्छ। दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाइन्छ।
नेवार बाहुल्य क्षेत्रमा यो पर्व विशेष हुने गर्छ। बसन्तपुर र हनुमानढोका परिसरमा गाईजात्रा उल्लासपूर्ण छ।
बालबालिकालाई गाईको नक्कल गर्न लगाई नगर परिक्रमा गराउने चलन पनि छ। साथै, कसैले गाई र कसैले बालबालिकालाई जोगीको भेष वा अनौठो भेषभुषामा नगर परिक्रमा गराइन्छ।


