काठमाडौँ- यामाहा नेपालले ‘ब्लु स्ट्रिक्स’ अभियान सार्वजनिक गरेको छ। शुक्रबार यामाहा नेपालले ब्लु स्क्वायर, नक्सालमा ‘ब्लु स्ट्रिक्स’ अभियान सुरु गर्ने घोषणा गरेको हो।
यामाहाका ग्राहकलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलबीच बलियो सम्बन्ध सिर्जना गर्न ‘ब्लू स्ट्रिक्स’ प्रभावकारी हुने आधिकारिक बिक्रेता माउ इन्टरप्राइजेजको विश्वास छ। ‘ब्लु स्ट्रिक्स’ कार्यक्रममा सामेल भएर यामाहाका ग्राहकले विशेष प्रमोसन र छुट पाउने यामाहाले जानकारी दिएको छ।
‘हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौं। हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो,’ माउ इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने।


