काठमाडौँ- निर्मला कुर्मीका हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदमा नियुक्त गरेको विरोधमा माइतीघरदेखि बालुवाटारसम्म पैदलयात्रा आयोजना गरिएको छ।
पैदल मार्चको आयोजना महिला अधिकार मञ्च, महिला सुरक्षा दवाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान, महिला विश्वास संघ, साप नेपाल, जागर नेपाल, मिलीजुली समाज, मितिनी नेपाल, ल्याक, युथ एडबोकेसी नेपाल र एबीसी नेपालले संयुक्त रुपमा गरेका हुन्।
पैदल मार्चलाई बृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ।


