काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनलको पोखरास्थित शाखामा नयाँ खाता खोल्ने ग्राहकले अन्नपूर्ण केवलकारको टिकट पाउने भएका छन्। यस्तै बैंकका कार्डबाट केवलकारको टिकट किने २५ प्रतिशतसम्मको छुट दिइने बैँकले जानकारी दिएको छ।
बैंक र अन्नपूर्ण केवलकार कम्पनी प्रालिबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै बैंकको कार्डबाट अन्नपूर्णको टिकटमा छुट योजना कार्यान्वयनमा आएको बैंकले जानकारी दिएको हो। केवलकारसँगको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर १८२ वटा शाखा, १३९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ।
