२०८३ कार्तिक ११ गते मङ्गलबार

लोकभाकामै रमाए अस्टिनमा नेपाली

 |  नारायण भण्डारी
Sanket

नारायण भण्डारी

काठमाडौँ, भदौ २५
459145009_10161547462199000_2403519869182225301_n

अमेरिका (अस्टिन )- मार्मिक शब्दहरुका मनछुने भावना मिठो लयमा गुन्जन थालेपछि हलमा उपस्थित सबैका कान र ऑखाहरु स्टेज तिरै सोझिए। परदेसिएकै भएपनि नेपाली मनले त्यो आबाजको भेउ पाईहाले। हातमा माइक्रोफोन बोकेर स्टेजमा चढदै गरेकी रचना रिमालले सुरु गरिन् मखमली फुल्दा मर्सी धान झुल्दा…….नमुछे आमा दहिमा टिका नछरे जमरा।

वरिष्ठ लोक गायक, संगीतकार एवं संकलक नारायण रायमाझीको चर्चित यो गीतले नछुने कुनै नेपाली मुटु छैन होला। स्टेजमा यो गीत गाउदै गायिका रिमालले हलको चारैतिर छरिएर बसेका सबै संगीतप्रेमीलाई स्टेजको मझेरी मै डाकिन्। र, यस्तै मन छुने करिब एक दर्जन लोकप्रिय गीत गाईन्।

स्टेजलाई तडक भडकले उचाल्ने भन्दा पनि उनको प्रस्तुति शालीन र लयात्मक रह्यो। सुरिलो स्वरमा दर्शक स्रोतालाई नचाउँदै उनले फोटो फ्रेममा, मेरो प्रिति पहिले होकी, संझने पानी छम्कने , जस्ता मन छुने करिव एक दर्जन गीत गाईन्। गोर्खा ग्रुपले आयोजना गरेको अब नाच्छ अस्टिन कार्यक्रममा प्रस्तुती दिन आईतबार टेक्सासको राजधानी अस्टिन आएका लोकप्रिय कलाकारहरु शान्ति श्री परियार, रचना रिमाल, करिश्मा ढकाल र ज्योति मगरले अस्टिनवासी नेपालीलाई रहर पुग्ने गरि नचाए।

“गीत संगीतले देश संझाउदो रहेछ, भाषाले मनहरु जोडिरहदो रहेछ, आफ्नो देशका कलाकारसँग रम्न पॉऊदा एकछिन भए दुख बिर्सायो, नेपालै पुगे जस्तो भयो” एक दर्शक स्रोताले आफ्नो अनुभव सुनाए। कार्यक्रममा प्रस्तुती दिन अर्की चर्चित लोकगायिका शान्ति श्री परियार स्टेजमा आएर गाउन सुरु गरेपछि स्रोता नहल्ली वस्नै सकेनन्। कसैलाई नाच त भन्नै परेन, जानेका सुरमा नाचे, नजान्नेले सरिरै हल्लाएर भएपनि नाच्ने धोका पुर्याए। उनले गाएका “वोल माया एक वचन बोल तिम्रै वोली छ मलाई अनमोल, लाउन्न दाजै पिरती, अरेली कॉडैले, लाहौर जाने रेलैमा, हिजो राती सपनीमा, गलवन्दी च्यातियो, नेपालीले औंधी रुचाएका गीत हुन्। उनले संघर्ष गरेर अमेरिका आई वसेका नेपालीलाई साहानुभूति दिदै दुख र सुखलाई समान रुपले लिनु पर्ने सुझाब पनि दिईन्। नेपालीकै मायाले आफु याहॉ पाउन पाएको भन्दै उनले सबै दर्शक श्रोतालाई धन्यबाद दिईन्।

कलाकार करिश्मा ढकालले स्टेजमा नाचेर सबैलाई तरंगित पारिन्। कार्यक्रममा फुर्तिलो प्रस्तुति दिदै ज्योति मगरले सबैलाई रसिक वनाईदिईन्। जोशिला युवा जमातलाई उनको नाच्ने र गाउने शैलीले छुट्टै मज़ा दिन्छ।

कार्यक्रम भव्यताका साथ सम्पन्न भएपछि नेपाल सरकारका पर्यटन दूत तथा फ्लाईनेपाका निर्देशक विनोद अधिकारी र गोरखा ग्रुप एलएलसीका प्रबन्ध निर्देशक समाजसेवी डिबी रावतले सबैलाई धन्यवाद दिए। रावतले कार्यक्रममा सघाएका नेपाली मूलका अमेरिकी व्यवसायी लिला दानीलाई पनि सप्रेप धन्यवाद दिए।

गोरखा ग्रुप एलएलसीका प्रबन्ध निर्देशक रावत अमेरिकामा बसेर समाजसेवामा सक्रिय व्यक्ति हुन्। उनले अमेरिकासँगै नेपालका विभिन्न ठाउँमा ठूलो योगदान पुर्‍याएका छन्। प्रवासी नेपाली माझ परिचित रावतले यसअघि पनि विभिन्न इभेन्टहरु सफलतापूर्वक सम्पन्न गरेका थिए।

प्रबन्ध निर्देशक रावतले परदेशमा रहेका नेपालीलाई आफ्नो घर देशको झल्को दिलाउने उद्देश्यले कार्यक्रम गरिएको बताए। ‘कार्यक्रम अत्यन्तै सफल रह्यो, यसले हाम्रो प्रयासलाई सार्थक बनाएको ठानेका छौं,’ उनले भने।

उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भए पश्चात् आउने नेपाली नयाँ वर्षको अवसरमा मार्च, अप्रिल र मेमा ‘नेपाल-अमेरिका शुभकामना साँझ-२०२५’को समेत घोषणा गरिएको थियो। सो कार्यक्रममा अमेरिका आउन चाहने  नेपाली कलाकारहरूलाई प्रबन्ध निर्देशक रावत वा गोरखा ग्रुप एलएलसीमा सम्पर्क गर्न आग्रह गरिएको छ।

 

प्रकाशित: २०८१ भदौ २५ गते मङ्गलबार ०१:५६
प्रतिक्रिया

थप समाचार

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...

१५ वर्षपछि दशैँ गीतमा सुरेश अधिकारीको ‘कमब्याक’, चल्ला पुरानै जादु?

दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना