२०८३ साउन १३ गते बुधबार

लोकभाकामै रमाए अस्टिनमा नेपाली

 |  नारायण भण्डारी
Sanket

नारायण भण्डारी

काठमाडौँ, भदौ २५
459145009_10161547462199000_2403519869182225301_n

अमेरिका (अस्टिन )- मार्मिक शब्दहरुका मनछुने भावना मिठो लयमा गुन्जन थालेपछि हलमा उपस्थित सबैका कान र ऑखाहरु स्टेज तिरै सोझिए। परदेसिएकै भएपनि नेपाली मनले त्यो आबाजको भेउ पाईहाले। हातमा माइक्रोफोन बोकेर स्टेजमा चढदै गरेकी रचना रिमालले सुरु गरिन् मखमली फुल्दा मर्सी धान झुल्दा…….नमुछे आमा दहिमा टिका नछरे जमरा

वरिष्ठ लोक गायक, संगीतकार एवं संकलक नारायण रायमाझीको चर्चित यो गीतले नछुने कुनै नेपाली मुटु छैन होला। स्टेजमा यो गीत गाउदै गायिका रिमालले हलको चारैतिर छरिएर बसेका सबै संगीतप्रेमीलाई स्टेजको मझेरी मै डाकिन्। र, यस्तै मन छुने करिब एक दर्जन लोकप्रिय गीत गाईन्।

स्टेजलाई तडक भडकले उचाल्ने भन्दा पनि उनको प्रस्तुति शालीन र लयात्मक रह्यो। सुरिलो स्वरमा दर्शक स्रोतालाई नचाउँदै उनले फोटो फ्रेममा, मेरो प्रिति पहिले होकी, संझने पानी छम्कने , जस्ता मन छुने करिव एक दर्जन गीत गाईन्। गोर्खा ग्रुपले आयोजना गरेको अब नाच्छ अस्टिन कार्यक्रममा प्रस्तुती दिन आईतबार टेक्सासको राजधानी अस्टिन आएका लोकप्रिय कलाकारहरु शान्ति श्री परियार, रचना रिमाल, करिश्मा ढकाल र ज्योति मगरले अस्टिनवासी नेपालीलाई रहर पुग्ने गरि नचाए।

“गीत संगीतले देश संझाउदो रहेछ, भाषाले मनहरु जोडिरहदो रहेछ, आफ्नो देशका कलाकारसँग रम्न पॉऊदा एकछिन भए दुख बिर्सायो, नेपालै पुगे जस्तो भयो” एक दर्शक स्रोताले आफ्नो अनुभव सुनाए। कार्यक्रममा प्रस्तुती दिन अर्की चर्चित लोकगायिका शान्ति श्री परियार स्टेजमा आएर गाउन सुरु गरेपछि स्रोता नहल्ली वस्नै सकेनन्। कसैलाई नाच त भन्नै परेन, जानेका सुरमा नाचे, नजान्नेले सरिरै हल्लाएर भएपनि नाच्ने धोका पुर्याए। उनले गाएका “वोल माया एक वचन बोल तिम्रै वोली छ मलाई अनमोल, लाउन्न दाजै पिरती, अरेली कॉडैले, लाहौर जाने रेलैमा, हिजो राती सपनीमा, गलवन्दी च्यातियो, नेपालीले औंधी रुचाएका गीत हुन्। उनले संघर्ष गरेर अमेरिका आई वसेका नेपालीलाई साहानुभूति दिदै दुख र सुखलाई समान रुपले लिनु पर्ने सुझाब पनि दिईन्। नेपालीकै मायाले आफु याहॉ पाउन पाएको भन्दै उनले सबै दर्शक श्रोतालाई धन्यबाद दिईन्।

कलाकार करिश्मा ढकालले स्टेजमा नाचेर सबैलाई तरंगित पारिन्। कार्यक्रममा फुर्तिलो प्रस्तुति दिदै ज्योति मगरले सबैलाई रसिक वनाईदिईन्। जोशिला युवा जमातलाई उनको नाच्ने र गाउने शैलीले छुट्टै मज़ा दिन्छ।

कार्यक्रम भव्यताका साथ सम्पन्न भएपछि नेपाल सरकारका पर्यटन दूत तथा फ्लाईनेपाका निर्देशक विनोद अधिकारी र गोरखा ग्रुप एलएलसीका प्रबन्ध निर्देशक समाजसेवी डिबी रावतले सबैलाई धन्यवाद दिए। रावतले कार्यक्रममा सघाएका नेपाली मूलका अमेरिकी व्यवसायी लिला दानीलाई पनि सप्रेप धन्यवाद दिए।

गोरखा ग्रुप एलएलसीका प्रबन्ध निर्देशक रावत अमेरिकामा बसेर समाजसेवामा सक्रिय व्यक्ति हुन्। उनले अमेरिकासँगै नेपालका विभिन्न ठाउँमा ठूलो योगदान पुर्‍याएका छन्। प्रवासी नेपाली माझ परिचित रावतले यसअघि पनि विभिन्न इभेन्टहरु सफलतापूर्वक सम्पन्न गरेका थिए।

प्रबन्ध निर्देशक रावतले परदेशमा रहेका नेपालीलाई आफ्नो घर देशको झल्को दिलाउने उद्देश्यले कार्यक्रम गरिएको बताए। ‘कार्यक्रम अत्यन्तै सफल रह्यो, यसले हाम्रो प्रयासलाई सार्थक बनाएको ठानेका छौं,’ उनले भने।

उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भए पश्चात् आउने नेपाली नयाँ वर्षको अवसरमा मार्च, अप्रिल र मेमा ‘नेपाल-अमेरिका शुभकामना साँझ-२०२५’को समेत घोषणा गरिएको थियो। सो कार्यक्रममा अमेरिका आउन चाहने  नेपाली कलाकारहरूलाई प्रबन्ध निर्देशक रावत वा गोरखा ग्रुप एलएलसीमा सम्पर्क गर्न आग्रह गरिएको छ।

 

प्रकाशित: २०८१ भदौ २५ गते मङ्गलबार ०१:५६
प्रतिक्रिया

थप समाचार

क्लब नोभामा गुञ्जिँदै सविन राई र नवीन के भट्टराई, क्यान्सरसँग जुधिरहेकी रेखालाई सहयोग गरिने

काठमाडौँ: नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फाराेह र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्। आगामी साउन २३ गते (८ अगस्ट) शनिबार नेपालकै सबैभन्दा...

‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन

काठमाडौँ: साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ। प्रदर्शनको १० औँ दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार...

यस्तै हो भने देश प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ जानसक्छ: राजेश हमाल

काठमाडौँ: महानायक राजेश हमालले सरकारको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको...

‘महादेव! धनको बिटो पठाइदेऊ, खाली भयो जेब’

काठमाडौँ: हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत 'महादेव! खाली भयो जेब' सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वर रहेको गीतको शब्द तथा संगीत कस्तुप पन्तको रहेको छ। यस्तै स‌ंगीत संयोजन भने...

हलमा प्रदर्शनरत कुन फिल्मले कति कमाए?

काठमाडौँ: यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ। चलचित्र विकास बोर्डले प्रत्येक...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना