काठमाडौँ- इन्द्रजात्रा (येँयाः) लागि बसन्तपुर क्षेत्रमा रथ बनाउने काम चलिरहेको छ।
जात्राका लागि आवश्यक तीन वटै रथहरू बसन्तपुरमा राखिएका छन्।
शनिबार इन्द्रजात्रा परेको छ। यसमा इन्द्रध्वजा फहराउने गरिन्छ।
य:सिंमा राखेर ध्वजा फहराइन्छ। भक्तपुरबाट य:सिं काठमाडौँ ल्याइएको छ।
भदौ ३० गते आइतबार बिहान ८:२६ बजे इन्द्रध्वजोत्थान अर्थात् इन्द्रध्वजासहितको य:सिं उठाउने साइत जुरेको छ।
भाद्र शुक्लपक्ष (यँलाथ्व) द्वादशीको दिन इन्द्रध्वजोत्थान गरी सुरू हुने इन्द्रजात्रा आश्विन कृष्ण चतुर्थी (आठ दिन)सम्म मनाउने गरिन्छ।
यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ।


