काठमाडौँ- भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम यचुरीको निधन भएको छ।
द हिन्दूका अनुसार श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय यचुरीको निधन भएको हो।
अगस्ट १९ मा यचुरी एम्स अस्पताल नयाँदिल्लीमा भर्ना भएका थिए। पछिल्लो २५ दिनदेखि उनको उपचार चलिरहेको थियो।
यचुरीकी श्रीमती, एक छोरा र एक छोरी छन्।
कोभिड संक्रमणका कारण सन् २०२१ मा उनका एक छोराको निधन भएको थियो।
सन् २०१५ मा भाकपा मार्क्सवादीका महासचिव चुनिएका थिए।
उनी पार्टीमा ३ पटकसम्म महासचिव बनेका थिए।
नेपालमा लोकतन्त्रको पुनर्बहाली भएसँगै त्यसलाई समर्थन गर्न उनी नेपाल आएका थिए। त्यसअघि र पछि पनि उनी बेलाबेलामा नेपाल आइरहन्थे। नेपालका कम्युनिस्ट पार्टीहरूसँग उनको निकट सम्बन्ध छ।


