२०८३ कार्तिक १२ गते बुधबार

योगी र बिसीको अर्को सहयात्रा ‘साहिँला दाइ’ सार्वजनिक [भिडियोसहित]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
saila_dai

काठमाडौं- धेरै पहिले जनताले चाहेको व्यवस्था फरियो। त्यसपछि पटक पटक सत्ता फेरियो। वर्षमै तीन-चार वटा सरकार फेरियो। तर कहिल्यै जनताको अवस्था फेरिएन।

र त, आज देशै रित्तिजानेजसरी विदेशिनेको लर्को लागेको छ। युवा मात्रै होइन अधबैंसेलाई पनि देशको अवस्थादेखि झर्को लागेको छ। यही भावमा सञ्चारकर्मी तथा गीतकार शिवराज योगीले रचना गरेको ‘साहिँला दाइ’ बोलको गीत सार्वजनिक भएको छ।

कोरोना कालमा संगीतकार भिम बिसीसँगको सहकार्यमा ‘ऐना हेरी हेरी’ बोलको गीत रचना गरेका योगीले ‘साहिँला दाइ’ पनि बिसीसँगै सहकार्य गरेका हुन्।

सैयौँ गीतमा संगीत दिइसकेका बिसीले ‘साहिँला दाइ’को संगीत पनि शब्दको भावमाथि न्याय हुने गरी निर्माण गरेका रचनाकार योगीले बताए।

युद्धकालपछि राजनीति व्यवस्था परिवर्तन भएत देशले मुहार फेर्छ होला, स्वदेशमै धेरैथोक हुन्छ होला भन्ने आम भावनामा झनै ठेस लागेको कुरालाई रचनाकारले भनेका छन्ःः

खोर्सिँदैमा साहिँली दिदी जिन्दगी खिइगयो
व्यवस्थाले साहिँली दिदी आस मात्रै दिइगयो
पीरैपीरकै भिर…

जनतालाई आसैआस मात्र अनि राजनीतिक नेपथ्यमा भइरहने एकपछि अर्को बेइमानीले किशोरवयमै हरेक नेपाली देश छोड्न चाहने र त्यसले सामाज तथा पारिवारहरुमा छाएको निराशा समेटिएको गायक शम्भु रैका र प्रेरणा विश्वकर्माले न्यायपूर्ण आवाज दिएका छन्।

बुढेसकालकाे सहारा टिकेन आगनमा
चरीजस्तै साहिँला दाइ उडीगयाे गगनमा
पीरैपीरको भीर

गायिका प्रेरणा सुदूरपश्चिमको कञ्चनपुर गुलरिया ५ मा जन्मिएर सांगीतिक क्षेत्रमा होमिएकी नयाँ अनुहार हुन्। उनीे नेपाल आइडल सिजन ५ मा सुदूरपश्चिमबाट पहिलो गोल्डेन माइक पाउन सफल प्रतिभा हुन। नेपाल आइटलको टप १० मा पर्न सफल उनी यतिबेला काठमाडौंमा संगीत प्रशिक्षणसँगै लिङ्कन कलेजमा छात्रवृत्तिमा बिबिएस अध्ययनरत छिन्।

शम्भु रैका दुई दशकदेखि सांगीतिक क्षेत्रमा छन्। विभिन्न परिस्थितिले सांगीतिक क्षेत्रबाट केही ओझेल परेका रैका कैलालीको धनगढीका स्थायी बासिन्दा हुन।

२०६२ सालमै पहिलो गीत रेकर्ड गराइसकेका रैका २०६४ को सुदूरपश्चिम आइडल गायनमा विजयी प्रतिभा हुन्। एमएसम्मको अध्ययन गरेका उनले चलचित्र र एल्बमहरुमा गरेर तीन दर्जन गीत रेकर्ड गराइसकेका छन्।

गीतको भिडियोमा क्रिस बम र निरुता बिष्टको अभिनय। निरुता त्यस्ती नायिका हुन जसका श्रीमान लामो समयदेखि अस्पतालको शय्यामा छन्। उनी हरेक दिन आफ्नो श्रीमानको आवाजका लागि इश्वर पुकारिरहेकी हुन्छिन्। हरेकपल असक्त श्रीमानकाे सेवामा समर्पित भएको कुरा उनले सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी हुन्छिन्।

हरिभक्त बुढाथोकीको प्रस्तुति रहेको ‘साहिँला दाइ’ गीतको भिडियो निर्देशन तथा निर्माण बिक्रम चौहानले गरेका हुन्। प्रकाश खडकाले खिचेकाे भिडियाे सम्पादन मीन रावलले गरेका हुन।

विश्व अधिकारीको एरेन्ज्, सुमन र खुमन रानाले रेकर्ड गरेको म्युजिक भिडियोको मिक्सिड कुमार रानाले गरेका हुन्। गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हाे।

भिडियो

प्रकाशित: २०८१ भदौ २८ गते शुक्रबार ०७:४०
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना