२०८३ साउन १३ गते बुधबार

योगी र बिसीको अर्को सहयात्रा ‘साहिँला दाइ’ सार्वजनिक [भिडियोसहित]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
saila_dai

काठमाडौं- धेरै पहिले जनताले चाहेको व्यवस्था फरियो। त्यसपछि पटक पटक सत्ता फेरियो। वर्षमै तीन-चार वटा सरकार फेरियो। तर कहिल्यै जनताको अवस्था फेरिएन।

र त, आज देशै रित्तिजानेजसरी विदेशिनेको लर्को लागेको छ। युवा मात्रै होइन अधबैंसेलाई पनि देशको अवस्थादेखि झर्को लागेको छ। यही भावमा सञ्चारकर्मी तथा गीतकार शिवराज योगीले रचना गरेको ‘साहिँला दाइ’ बोलको गीत सार्वजनिक भएको छ।

कोरोना कालमा संगीतकार भिम बिसीसँगको सहकार्यमा ‘ऐना हेरी हेरी’ बोलको गीत रचना गरेका योगीले ‘साहिँला दाइ’ पनि बिसीसँगै सहकार्य गरेका हुन्।

सैयौँ गीतमा संगीत दिइसकेका बिसीले ‘साहिँला दाइ’को संगीत पनि शब्दको भावमाथि न्याय हुने गरी निर्माण गरेका रचनाकार योगीले बताए।

युद्धकालपछि राजनीति व्यवस्था परिवर्तन भएत देशले मुहार फेर्छ होला, स्वदेशमै धेरैथोक हुन्छ होला भन्ने आम भावनामा झनै ठेस लागेको कुरालाई रचनाकारले भनेका छन्ःः

खोर्सिँदैमा साहिँली दिदी जिन्दगी खिइगयो
व्यवस्थाले साहिँली दिदी आस मात्रै दिइगयो
पीरैपीरकै भिर…

जनतालाई आसैआस मात्र अनि राजनीतिक नेपथ्यमा भइरहने एकपछि अर्को बेइमानीले किशोरवयमै हरेक नेपाली देश छोड्न चाहने र त्यसले सामाज तथा पारिवारहरुमा छाएको निराशा समेटिएको गायक शम्भु रैका र प्रेरणा विश्वकर्माले न्यायपूर्ण आवाज दिएका छन्।

बुढेसकालकाे सहारा टिकेन आगनमा
चरीजस्तै साहिँला दाइ उडीगयाे गगनमा
पीरैपीरको भीर

गायिका प्रेरणा सुदूरपश्चिमको कञ्चनपुर गुलरिया ५ मा जन्मिएर सांगीतिक क्षेत्रमा होमिएकी नयाँ अनुहार हुन्। उनीे नेपाल आइडल सिजन ५ मा सुदूरपश्चिमबाट पहिलो गोल्डेन माइक पाउन सफल प्रतिभा हुन। नेपाल आइटलको टप १० मा पर्न सफल उनी यतिबेला काठमाडौंमा संगीत प्रशिक्षणसँगै लिङ्कन कलेजमा छात्रवृत्तिमा बिबिएस अध्ययनरत छिन्।

शम्भु रैका दुई दशकदेखि सांगीतिक क्षेत्रमा छन्। विभिन्न परिस्थितिले सांगीतिक क्षेत्रबाट केही ओझेल परेका रैका कैलालीको धनगढीका स्थायी बासिन्दा हुन।

२०६२ सालमै पहिलो गीत रेकर्ड गराइसकेका रैका २०६४ को सुदूरपश्चिम आइडल गायनमा विजयी प्रतिभा हुन्। एमएसम्मको अध्ययन गरेका उनले चलचित्र र एल्बमहरुमा गरेर तीन दर्जन गीत रेकर्ड गराइसकेका छन्।

गीतको भिडियोमा क्रिस बम र निरुता बिष्टको अभिनय। निरुता त्यस्ती नायिका हुन जसका श्रीमान लामो समयदेखि अस्पतालको शय्यामा छन्। उनी हरेक दिन आफ्नो श्रीमानको आवाजका लागि इश्वर पुकारिरहेकी हुन्छिन्। हरेकपल असक्त श्रीमानकाे सेवामा समर्पित भएको कुरा उनले सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी हुन्छिन्।

हरिभक्त बुढाथोकीको प्रस्तुति रहेको ‘साहिँला दाइ’ गीतको भिडियो निर्देशन तथा निर्माण बिक्रम चौहानले गरेका हुन्। प्रकाश खडकाले खिचेकाे भिडियाे सम्पादन मीन रावलले गरेका हुन।

विश्व अधिकारीको एरेन्ज्, सुमन र खुमन रानाले रेकर्ड गरेको म्युजिक भिडियोको मिक्सिड कुमार रानाले गरेका हुन्। गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हाे।

भिडियो

प्रकाशित: २०८१ भदौ २८ गते शुक्रबार ०७:४०
प्रतिक्रिया

थप समाचार

क्लब नोभामा गुञ्जिँदै सविन राई र नवीन के भट्टराई, क्यान्सरसँग जुधिरहेकी रेखालाई सहयोग गरिने

काठमाडौँ: नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फाराेह र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्। आगामी साउन २३ गते (८ अगस्ट) शनिबार नेपालकै सबैभन्दा...

‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन

काठमाडौँ: साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ। प्रदर्शनको १० औँ दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार...

यस्तै हो भने देश प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ जानसक्छ: राजेश हमाल

काठमाडौँ: महानायक राजेश हमालले सरकारको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको...

‘महादेव! धनको बिटो पठाइदेऊ, खाली भयो जेब’

काठमाडौँ: हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत 'महादेव! खाली भयो जेब' सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वर रहेको गीतको शब्द तथा संगीत कस्तुप पन्तको रहेको छ। यस्तै स‌ंगीत संयोजन भने...

हलमा प्रदर्शनरत कुन फिल्मले कति कमाए?

काठमाडौँ: यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ। चलचित्र विकास बोर्डले प्रत्येक...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना