काठमाडौं– हिमालयन बैंकले सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी न्युरोडस्थित संकटा क्लबलाई १० लाख उपलब्ध गराउने गरी प्रायोजन गरेको छ।
बैंकले सो रकम खेलाडीको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सरसामान खरिद गर्न क्लबलाई सहयोगस्वरुप प्रदान गरेको हो।
बैंकले विगतदेखि खेलकुद तथा खेलाडीको विकास र प्रवद्र्धनमा योगदान दिँदै आएको जनाएको छ। बैंक अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई सहयोग रकम हस्तान्तरण गरे।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारीलगायत अन्य वरिष्ठ पदाधिकारीसहित वडा–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत क्लबका अन्य प्रतिनिधि सहभागी थिए।
