कलाकार रागिनी उपाध्यायका चित्रकलाको प्रदर्शनी सुरु भएको छ। काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा बिहीबार सुरु भएको प्रदर्शनीमा रागिनीले ४५ वर्षे यात्रामा कोरेका चित्र राखिएका छन्।
सन् १९७८ मा लखनउ कलेज अफ आर्टमा रागिनीको विद्यार्थीकाल हालसम्मका उत्कृष्ट चित्रकलाहरू प्रदर्शनीमा राखिएको सिद्धार्थ आर्ट ग्यालरीले जानकारी दिएको छ। प्रदर्शनीमा झन्डै ४ सय चित्र छन्।
चित्रकलाको न्यूनतम मूल्य २२ हजार र अधिकतम मूल्य ६० लाख रुपैयाँसम्म तोकिएको छ।











