२०८३ कार्तिक १२ गते बुधबार

तिब्बती परम्परा झल्काउने डाकिनी जेठ ५ देखि प्रदर्शनमा

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २८
dakini

काठमाडौं- विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको फिल्म ‘डाकिनी’ नेपाली हलमा प्रदर्शन हुने भएको छ। बौद्ध धर्मग्रन्थका देवीको खोजीको कथा समेटिएको फिल्म ‘डाकिनी’ आगामी जेठ ५ गते नेपालमा देभरका हलहरुमा प्रदर्शन हुने भएको छ। ‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’ र ‘महापुरुष’ निर्माण कम्पनी षट्कोण आर्टसले फिल्मलाई नेपालमा प्रदर्शन गर्न लागेको हो।

अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको यो फिल्मको नेपाली नाम डाकिनी हो। बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी ‘डाकिनीका प्रशस्तै मिथक र दन्त्यकथा छन्। यो फिल्म पनि यस्तै देवीको खोजीको कथा हो, जसले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ।

षट्कोण आर्ट्सका नेपाली निर्माताहरू रविन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले फिल्मलाई सीमित नेपाली मल्टिप्लेक्स हलमा रिलिज गर्न लागेका हुन्। रिलिजकै दिनमा पहिलो शोसहित फिल्मको ग्राण्ड प्रिमियर आयोजना हुँदैछ, जसको आकर्षण बन्नेछन् यस फिल्मका निर्देशक समेत रहेका खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)। उनी बौद्ध धर्मका ठूला गुरु समेत हुन्। गुरु रिम्पोछेको यो पाँचौं फिल्म समेत हो।

रिलिजको जेठ ४ गते रिम्पोछे अमेरिकादेखि नेपाल आउँदैछन्। फिल्मलाई जेठ ६ गते शनिबार मूभी लभर्स ग्रुपले विशेष प्रदर्शन गर्दैछ। निर्देशक रिम्पोछेले पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ ९सुन्दरता एउटा जाल हो० विषयमा मास्टरक्लास पनि सञ्चालन गर्दैछन्। आइतबार बौद्धस्थित लिच्छवी हाउसमा ‘बुद्ध र भिखारी’ नाटक समेत मञ्चन हुनेछ।

फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन्। भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन्। फिल्ममा कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँलगायत कलाकारको समेत अभिनय छ।

फिल्मको सबै छायांकन पाटन र काभ्रेको पनौतीमा भएको थियो। यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ।

निर्देशक रिम्पोछेको यो पाँचौं फिल्म हो। बौद्ध धर्मबारेका उनका प्रवचन जति चर्चित छन्, फिल्म निर्देशकका रूपमा पनि उति नै। सन् १९९९ मा उनले निर्देशन गरेको पहिलो फिल्म ‘द कप’ कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो । दोस्रो फिल्म ‘ट्राभल्स एण्ड म्याजिसियन्स’ पनि निकै चर्चित रह्यो। सन् २०१७ मा उनले बनाएको ‘हिमा हिमा स् सिंग मी अ सङ ह्वाइल आई वेट’ लोकार्नो र टोरन्टो फिल्म फेस्टिभलमा प्रदर्शन गरियो। २००७ मा प्रकाशित उनको पुस्तक ‘ह्वाट मेक्स यु नट अ बुद्धिस्ट’ विश्वभर निकै पढिएको पुस्तक मानिन्छ । त्यसपछि पनि उनले तीन पुस्तक प्रकाशन गरे।

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ। एक दिन उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ(तिमी अब जम्मा सात दिन बाँच्छौं। तर जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी। उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर फिल्मको कथा बगेको छ।

तिब्बती मूलका यी भुटानी रिम्पोछेको नेपाल नाता पनि उत्तिकै पुरानो छ। उनले बौद्धको एक गुम्बामा पढेका हुन्। रिम्पोछेले बनाएको पहिलो फिल्म ‘द कप’ भारतीय तिब्बती शरणार्थी शिविरको एक बाल भिक्षुबारे थियो। सन् १९९८ को विश्वकप फुटबलप्रतिको उसको आशक्तिलाई लिएर बनाइएको यो फिल्मलाई समीक्षकले रुचाएका थिए।

बुद्ध धर्मको कारण नजिकिएका निर्माताहरु बानियाँ र खत्रीले गुरुसँगको संगत गर्दा यो फिल्म बनाउने सोचेका थिए। पुनहिल ट्रेकिङ गएको बेला रिम्पोछेले यी दुई निर्मातालाई फिल्मबारे पहिलोपटक सुनाएका थिए। ‘गुरु र मार्कजस्ता फिल्ममेकरसँग आफ्नै निर्माणमा यस्तो फिल्म बनाउन पाउनु मौका हो,’ खत्रीले भने।

प्रकाशित: २०८० बैशाख २८ गते बिहिबार १०:१६
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना