काठमाडौँ- ९ वर्षअघि भूकम्पले भत्काएर नयाँ बनाइएको धरहरा सर्वसाधारणका लागि खुलेपछि सजाइएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा ३ वर्षपछि संविधान दिवसको अवसर पारी सर्वसाधारणको लागि खुल्ला गरिएको हो।
६ पटक सम्म म्याद थप गरेर धरहरा बनाइएको हो।
यतिबेला हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सर्वसाधारणका लागि धरहरा खुला गरिएको हो।
धरहरा चढ्नका लागि अनलाइन बुकिङ गर्न सकिने भएपनि टिकट पाउन मुस्किल छ।
समयमा अजै धरहरा ओरिपरि बालिएको बत्ति ले धपक्क बलेको देख्न सकिन्छ।
फोटोमा हेर्नुस साँझको समयमा देखिएको नयाँ धरहरा परिसर
