काठमाडौँ- दुर्गा प्रसाईंका समर्थकहरुले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। प्रसाईँलाई रिहा गर्नुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएको थियो। काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
दुर्गामाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार तीन दिनको म्याद थप भएको हो।
साइबर ब्यूरोको नियन्त्रणमा रहेका प्रसाईँ भने वीर अस्पताल भर्ना भएका छन्। स्वास्थ्य परीक्षणका क्रममा रक्तचापसम्बन्धी समस्या देखिएपछि प्रसाईंलाई अस्पताल भर्ना भएका हुन्।
रास्वपा नेतृ ज्वाला (टीका) संग्रौलाको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो।


