२०८३ कार्तिक १४ गते शुक्रबार

बिमामा ‘बिग मर्जर’, तीन कम्पनी गाभिएपछि हिमालयनले थाल्यो एकीकृत कारोबार

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २८
himalayan

काठमाडौँ- तीन जीवन बिमा कम्पनीहरू मर्ज भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको छ। प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

मर्जर शुभारम्भ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जीवन बीमा अपरिहार्य रहेकोले गरिब र न्यून आय भएका जनताको बीचमा पुगेर जीवन बीमा व्यवसाय गर्न निर्देशन दिए।

एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले एक वर्ष मर्जर अभियानमा सक्रिय सबैमा कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा देशकै नम्बर १ कम्पनी बनेर बीमा सेवा प्रदान गर्ने दाबी गरे।

हिमालयन लाइफको जगेडा कोषमा ९० करोड रुपैयाँ छ। जीवन बीमा कोषमा ५० अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ। त्यसैगरी प्राकृतिक विपद् कोषमा ३३ करोड १० लाख रुपैयाँ पुगेको छ। सम्पत्तिमा लगानी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

मर्जरपछि कम्पनीको कुल लगानी ५१ अर्ब ९५ करोड पुगेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल बीमा शुल्क संकलन ७८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। यी तीन कम्पनीले ४० हजार ६३७ वटा बीमा पोलिसीको दाबी भुक्तानी गरिसकेका छन्। हालसम्मको दाबी भुक्तानी रकम १५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। कम्पनीले बिक्री गरेका पोलिसी संख्या ५ लाख १२ हजार ६५८ पुगेको छ।

चुक्ता पूँजीका हिसाबमा जीवन बिमा कम्पनीका क्षेत्रमा हिमालयन दोस्रो ठू्लो, जीवन बीमा कोषका हिसाबले चौथो ठूलो, शाखा सञ्जाल, नवीकरण गरेका अभिकर्ताको संख्या र कर्मचारी संख्याका हिसाब पहिलो स्थानमा पुगेको छ।

हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापूँजी हुनुपर्ने व्यवस्था छ। आगामी चैत मसान्तभित्र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने समितिको निर्देशन छ। बीमा समितिले १ महिनाअघि बीमा कम्पनीको चुक्तापुँजी बढाउने निर्देशन दिएको थियो।

२०७९ वैशाख २९ गते यी तीन कम्पनीले मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए।

प्रकाशित: २०८० बैशाख २८ गते बिहिबार ०८:०९
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना