२०८३ साउन १३ गते बुधबार

ट्रम्पलाई ज्यानको बढ्दो चिन्ता, भने- ‘इरानबाट ठूलो खतरा’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ९
donal trump

एजेन्सी– अमेरिकामा राष्ट्रिपतीय चुनाव नजिकिँदै गर्दा रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको त्रासद मनोविज्ञानबारे चर्चा भइरहेको छ। यो त्रासदी चुनावी जोडघटाउ भन्दा पनि ट्रम्प आफ्नै जीवनसम्बद्ध खतराबारे रहेको छ। ट्रम्पले आज बुधबार मात्रै इरानले  आफ्नो जीवनमा ठूलो खतरा उत्पन्न गरेको बताए।

अमेरिकी गुप्तचर निकायले तेहरानबाट ‘वास्तविक र विशिष्ट खतरा’को चेतावनी दिएको खबर आफ्नो प्रचार टोलीसम्म आइपुगेको भनाइ ट्रम्पको छ। “इरानबाट मेरो जीवनमा ठूलो खतरा छ, सम्पूर्ण अमेरिकी सेनाले हेरिरहेको छ र प्रतीक्षा गरिरहेको छ”, उनले आफ्नो ट्रुथ सामाजिक प्लेटफर्ममा लेखेका छन् “इरानले पहिला नै केही प्रयास गरेको थियो जुन सफल भएन तर फेरि उसले प्रयास गर्नेछ। म पहिला कहिल्यै नदेखेको जति धेरै मानिस, बन्दुक र हतियारले घेरिएको छु।”

उनले आफ्नो जीवनमा भएका दुई हत्या प्रयासपछि अमेरिकी गुप्तचर सेवाको बढ्दो निगरानीबारे पनि चर्चा गरेका छन्। ट्रम्पको प्रचार टोलीले मङ्गलबार एक वक्तव्यमा अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई इरानबाट उहाँको हत्या गर्ने ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको बताएको छ। प्रचार टोली र ट्रम्प स्वयंले उल्लेख गरेका यी खतराहरू नयाँ हुन् वा पहिले नै रिपोर्ट गरिएका खतराहरू हुन् भन्नेबारेमा तत्काल स्पष्ट भएको छैन।

“आज राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयले राष्ट्रपति ट्रम्पलाई अमेरिकामा अस्थिरता र अराजकता फैलाउने प्रयासमा उनको हत्या गर्ने इरानको वास्तविक र विशिष्ट खतराका बारेमा जानकारी दिएको थियो”, प्रचार सञ्चार निर्देशक स्टिभन चेउङले विज्ञप्तिमा भनेका छन् “गुप्तचर अधिकारीहरूले यी निरन्तर र समन्वित आक्रमणहरू पछिल्ला  केही महिनामा बढेको पहिचान गरेका छन् र सबै एजेन्सीका कानून कार्यान्वय अधिकारीहरू राष्ट्रपति ट्रम्पको सुरक्षा र निर्वाचनलाई हस्तक्षेपबाट मुक्त राख्न काम गरिरहेका छन्।”

प्रचार टोलीले यी दाबीबारे थप विस्तार गरेको छैन। विश्व नेताहरू इरान समर्थित हिजबुल्लाह र इजरायलबीचको शत्रुतालाई व्यापक क्षेत्रीय युद्धमा परिणत हुनबाट रोक्न प्रयासरत रहेका बेला यी दाबी आएका हुन्।

यस गृष्ममा ट्रम्पको हत्या गर्ने प्रयास गरिरहेको भन्ने आरोपलाई इरानले अस्वीकार गरेको छ। पेन्सिल्भेनियामा भएको र्यालीमा एक बन्दुकधारीले गोली चलाएर एक व्यक्तिको मृत्यु र ट्रम्पलाई घाइते बनाएको घटनालगत्तै यो आरोप आएको हो।

जुलाई १३ को हत्या प्रयासको केही दिनपछि अमेरिकी सञ्चारमाध्यमहरूले अधिकारीहरूले रिपब्लिकनविरुद्ध कथित इरानी षड्यन्त्रबारे खुफिया जानकारी प्राप्त गरेको र यसले उहाँको सुरक्षा बढाइएको बताएका थिए। इरानले यी ‘दुर्भावनापूर्ण’ आरोपहरूलाई अस्वीकार गरेको थियो।

“यदि उनीहरूले ‘राष्ट्रपति ट्रम्पको हत्या’ गरे, जुन सधैँ सम्भावना छ, म आशा गर्छु कि अमेरिकाले इरानलाई नष्ट गर्नेछ, पृथ्वीको सतहबाट मेटाइदिनेछ– यदि त्यसो भएन भने अमेरिकी नेताहरूलाई ‘कायर’ मानिनेछ”, त्यसबेला ट्रम्पले आफ्नो सामाजिक मिडिया प्लेटफर्म ट्रुथमा लेखेका थिए।

अमेरिकी गुप्तचर निकायहरूले इरानमाथि ट्रम्पको प्रचार टोलीलाई निशाना बनाएर ह्याक गरेको र तेहरानले सन् २०२४ को निर्वाचनलाई प्रभावित गर्न खोजिरहेको आरोप लगाएका छन्।

इरानी साइबर आक्रमणकारीहरूले ट्रम्पका तत्कालीन ह्वाइट हाउस प्रतिद्वन्द्वी राष्ट्रपति जो बाइडेनका कर्मचारीहरूलाई ट्रम्पको प्रचारबाट ‘चोरी गरिएका गैरसार्वजनिक’ सामग्री प्रस्ताव गरेको यसै महिना अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालय, सङ्घीय जाँच ब्युरो र साइबरसुरक्षा तथा पूर्वाधार सुरक्षा एजेन्सीको वक्तव्यमा उल्लेख छ।

“निर्वाचनको दिन नजिकिँदै गर्दा विदेशी खेलाडीहरूले आफ्नो निर्वाचनको प्रभाव गतिविधिहरू बढाइरहेका छन्”, रुस, इरान र चीनलाई विशेष रूपमा उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “आफ्नै फाइदाका लागि अमेरिकी समाजमा विभाजनलाई बढाउन केही प्रयास गरिरहेका छन्।”

इरानी साइबर आक्रमणकारीहरूले ट्रम्प प्रचार टोलीबाट चोरी गरिएका जानकारी अमेरिकी मिडिया सङ्गठनहरूसँग साझा गर्ने प्रयाससमेत गरेको अमेरिकी एजेन्सीहरूले बताएका छन्। तर उनीहरूले ती मिडिया आउटलेटहरूको नाम बताएनन्।

इरानले आरोपहरूलाई जोडदार रूपमा अस्वीकार गरेको छ। ट्रम्पका राष्ट्रपति निर्वाचन प्रतिद्वन्द्वी कमला ह्यारिसको प्रचार टोलीले अगस्ट १३ मा उसलाई पनि ह्याकरहरूले निशाना बनाएको बताएको थियो। तर टोलीले कुन देश यसको पछाडि रहेको विश्वास गरिएको थियो भन्नेबारे सङ्केत दिएन।

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपति निर्वाचनको मतदान हुँदैछ। ह्यारिस र ट्रम्प बराबरको अवस्थामा रहेको सर्वेक्षणहरूले देखाएका छन्। बाइडेनले यस गृष्ममा उम्मेदवारी फिर्ता लिएपछि ह्यारिसले आफ्नो अभियान सुरु गरेका थिए।

प्रकाशित: २०८१ असोज ९ गते बुधबार ०६:१२
प्रतिक्रिया

थप समाचार

पश्चिम एसिया युद्ध: जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्दै ट्रम्प

काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय...

होर्मुज स्ट्रेटबारे ठूलो जोखिम लिइरहेको इरानसँग अब तीन विकल्प

तेहरानले आफ्ना बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य, आर्थिक प्रतिबन्धहरूमा सहजता तथा भविष्यमा थप आक्रमणबाट सुरक्षा चाहने छ। तर, त्यसो गर्नु आर्थिक तथा सैनिक हिसाबले सम्भवतः सबैभन्दा...

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...

कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको १०० डलरमाथि

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ १००.६ डलर पुगेको छ। यस्तै मुरवान क्रुडमा ब्यारेलको १०५ डलर पुगेको छ।

हर्मुज जलमार्ग खुला राख्न आसियानको अनुरोध

मनिला,एएफपी। अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा बढ्दो जोखिम देखिएपछि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले अन्तर्राष्ट्रिय जलघाँटीमा निर्बाध...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना