काठमाडौं– हिमालयन बैंकले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल परिसरमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंक र अस्पतालबीच नगद संकलन काउन्टर सञ्चालन सम्झौता भएको हो।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरे।
अस्पतालमा खोलिएको नगद संकलन काउन्टरले सार्वजनिक बिदाका दिनसहित २४सै घन्टा सेवा दिनेछ। अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीका आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहज हुने विश्वास बैंकले लिएको छ।


