काठमाडौँ- काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ झ्याप्लेखोलामा शुक्रबार बिहान आएको पहिरोमा परी ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
उद्धारकर्मीले बाटो पन्छाउँदै शव निकाल्दै गरिरहेका छन्। नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेनाका उद्धारकर्ता खटिएका छन्।
झ्याप्लेखोलामा ३ वटा गाडी पुरिएका थिए।
पहिरो पन्छाउने र शव खोज्ने काम जारी छ।












