भक्तपुर- नेपालका लागि टाटाका कारको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले भक्तपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा र टाटाअन्तर्गतको पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेश चन्द्रले संयुक्त रुपमा बिहीबार नयाँ शोरुमको उद्घाटन गरेका हुन्।
नयाँ शोरुम उद्घाटन सँगै टाटाका पेसेन्जर भेहिकल प्रदर्शनमा राखिएका छन्। टाटाको सर्भिस नेटवर्क नेपालभर फैलिएको छ।
नयाँ शोरुम उद्घाटन गर्दै सिप्रदीका राणाले नयाँ शोरुमबाट ग्राहकलाई सुविधा थपिएको जानकारी दिन पाउँदा खुशी लागेको बताए। नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्न र खरिदपछिका सेवा लिन सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे।
टाटाका चन्द्रले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुमहरु थपेको बताए। ग्राहकहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ शोरुमको भूमिका महत्वपूर्ण हुने विश्वास आफूले लिएको बताएका थिए।


