काठमाडौँ- एसियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२३ को आयोजना गरेको छ। बुधबार भएको कार्यक्रममा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाललगायतका संस्थाका आर्किटेक्ट र इन्टेरियर डिजाइनरको सहभागिता थियो।
एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ। विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनबारे दिशानिर्देशमा योगदान पुर्याउनु यसको उद्देश्य छ।
यस कार्यक्रमका सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड)हरू पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ।
वैशाख २७ गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२३ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गरकोे कार्यक्रममा एसियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख शिरिष राव र एसियन पेन्ट्स नेपालका प्रमुख (कन्ट्री हेड) जी गोपालकृष्णनले संक्षिप्त प्रस्तुति गरेका थिए। जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिइएको थियो।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा एसियन पेन्ट्स ग्लोबलका ब्रांड प्रबंधक मारिशा रेगो डिसूजाले यस वर्षका लागि चार प्रवृत्ति (ट्रेन्ड)हरू घोषणा गरे। गोथिलिसियस, स्लिप सेन्से, एज अफ फरेस्ट, स्रुम र आर्किटेक्ट माधव रमनले कलर अफ द इयर ‘सिल्भर इस्क्याप्ड’को बारेमा प्रस्तुत गरे।


