२०८३ साउन १३ गते बुधबार

पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर

 |  रासस
Sanket

रासस

काठमाडौँ, बैशाख २९
kakarvitta naka
काँकरभिट्टा नाका।

झापा – झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको पाइएको छ। चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए।

यस नाकाबाट सोही अवधिमा १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ। निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व सङ्कलनको लक्ष्य भने पुरा भएको छैन्। सरकारले तोकेको लक्ष्यको तुलनामा कार्यालयले ७१ दशमलव २४ प्रतिशत राजस्व सङ्कलन गरेको छ।

उक्त अवधिमा १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १० अर्ब ४३ करोड २९ लाख ५७ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताए।

उक्त नाकाबाट आयात हुने मुख्य १० वस्तुमध्ये चालू आवको चैत मसान्तसम्म सबैभन्दा धेरै १४ अर्ब ५० करोड ३३ लाख बराबरको हवाई स्प्रिट आयात भएको छ।

त्यस्तै जुट दुई अर्ब ९६ लाख ४१ लाख, प्राकृतिक ग्यास दुई अर्ब तीन करोड ९८ लाख, भटमासको पिना एक अर्ब ६० करोड २९ लाख, तरकारी एक अर्ब ४४ करोड ८३ लाख, जिप्सन ९८ करोड १९ लाख, कोइलाजन्य पदार्थ ९५ करोड ५६ लाख, दाल ८४ करोड ४१ लाख, कपडा ८२ करोड ३९ लाख र अल्किड रेजिन र अन्य पिभिसी रेजिन ८० करोड ५५ लाख रकमको आयात भएका सोही कार्यालयका कर्मचारी चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

यो अवधिमा काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये सबैभन्दा धेरै छ अर्ब ३३ करोड ७१ लाख बराबरको अलैँची निर्यात भएको छ। फलामजन्य सामग्री दुई अर्ब ९८ करोड ९९ लाख, चिया दुई अर्ब ६६ करोड ५४ लाख, प्लाइउड एक अर्ब २९ करोड ४६ लाख, अम्रिसो ७२ करोड ९० लाख, अदुवा ४३ करोड ५२ लाख, पशु आहार ४० करोड ९५ लाख, धाउ, धतुमुल र खरानी २८ करोड ८४ लाख, दलहन २७ करोड ४६ लाख र पशु आहारको कच्चा पदार्थ २१ करोड ३७ लाख बराबरको निर्यात भएको कार्यालयले जनाएको छ।

प्रकाशित: २०८० बैशाख २९ गते शुक्रबार १२:३६
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

वीरगञ्ज नाका हुँदै झण्डै दोब्बरले बढ्यो निर्यात

वीरगञ्ज - वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको...

नेपालबाट पहिलो पटक १० कन्टेनर पशुआहार चीन पठाइयो

काठमाडाैं - नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ। भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो। सो कम्पनीले...

बिहारबाहेकका भारतीय राज्यमा विद्युत निर्यात गर्ने बाटो खुला

नेपाल-भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले भारतको बिहारबाहेकका राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने सहमति जुटाएको छ। भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार सम्पन्न...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना