काठमाडौँ– सिटिजन्स बैंक इन्टरनेसनलको कार्डबाट भुक्तानी गर्दा काठमाडौँस्थित आरबी डायग्नोस्टिकमा २० प्रतिशत छुट पाइने भएको छ। बैंकका ग्राहकलाई आरबीमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएसँगै छुट व्यवस्था कार्यान्वयनमा आएको बैंकले जानकारी दिएको हो।
डिजिटल बैंकिङ कारोबारमा प्रोत्साहन गर्न बैंकले ग्राहकमैत्री सुविधा दिने योजना ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।
सिटिजन्स बैंक इन्टरनेसनलले १८२ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ।


