काठमाडौँ- साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबिचको सेमिफाइनल खेल हेर्न दर्शकको ओइरो लागेकाे छ।
खेल शुरू हुनु भन्दा अगाडिदेखि नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकको भिड देखिएको हो।
यो समाचार तयार पार्दा खेल सुरु भएको २३ मिनेट भएको छ। अहिलेसम्म कुनै पनि टिमले गोल गर्न सकेका छैनन्।























