२०८३ कार्तिक १३ गते बिहिबार

त्यसैले त घुमन्ते तान्छ ढोरपाटन [फोटो फिचर]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १७
dhorpatan-7

बाग्लुङ- सिकार आरक्षको रूपमा चिनिएको ढोरपाटन अहिले आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। विगतमा बाह्य सिकारीहरूको मात्र पहुँच रहेको यस क्षेत्रमा पछिल्लो समय प्रचारप्रसार बढ्नाले आन्तरिक पर्यटन फस्टाउन थालेको हो।

स्थानीय हिमालय वाइल्डलाइफ आउटफिटरका सञ्चालक दीपक थापाका अनुसार ढोरपाटन सिकार आरक्ष मात्र नभएर धार्मिक एवं प्राकृतिक पर्यटनको पनि उत्कृष्ट गन्तव्य हो। यहाँ रहेको उत्तरगंगा वराहक्षेत्र मन्दिरले धार्मिक पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ।

गण्डकी प्रदेशको बाग्लुङ, म्याग्दी र लुम्बिनी प्रदेशको पूर्वी रुकुममा फैलिएको यस क्षेत्रमा वर्षायाममा विभिन्न रङ्गीचङ्गी फूल फुल्ने, हिउँदमा हिउँ खेल्न पाइने र वसन्त ऋतुमा लालीगुराँस र चिमल फुल्ने गर्दछ। वि.सं. २०४४ मा स्थापित यो नेपालको एक मात्र सिकार आरक्ष हो, जसको क्षेत्रफल १३२५ वर्ग किलोमिटर रहेको छ।

पर्यटन पूर्वाधारको विकास हुँदै गएको यस क्षेत्रमा साना होटल, सामुदायिक होटल र होमस्टेहरूको सुविधा उपलब्ध छ। एक पटकमा करिब ६०० जनासम्म पर्यटक बस्न सक्ने क्षमता भएका यी सुविधाहरूमा तिब्बती शरणार्थीहरूले सञ्चालन गरेका होटेलहरूमा विशेष तिब्बती परिकार र भोटे चियाको स्वाद लिन सकिन्छ।

यहाँबाट निसेलढोर, छ्यान्तुङ, गुर्जाघाट र जलजला लगायतका स्थानमा पदयात्रा गर्न सकिन्छ। आरक्षमा १६४ प्रजातिका चराचुरुङ्गी र नाउर, झारल, घोरल, रेड पाण्डा, हिउँ चितुवा लगायतका दुर्लभ वन्यजन्तु पाइन्छन्।

यद्यपि थापाका अनुसार यस क्षेत्रको विकासका लागि राज्यको पर्याप्त ध्यान पुग्न सकेको छैन। ‘राज्यका विभिन्न निकायहरूबाट ढोरपाटन छुटेको जस्तो लाग्छ, प्रचारप्रसारका लागि जुन तहबाट काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन,’ उनले भने।

बुर्तिबाङबाट कच्ची सडक मार्ग हुँदै करिब ३-४ घण्टाको यात्रापछि देउरालीसम्म पुग्न सकिन्छ, जहाँबाट ठुलो पाटनको दृश्यावलोकन गर्न सकिन्छ। पर्यटन विकासका लागि पूर्वाधार विकास र प्रचारप्रसारमा राज्यको ध्यान जान आवश्यक रहेको स्थानीयहरूको भनाइ छ।

 

 

 

 

प्रकाशित: २०८१ कार्तिक १७ गते शनिवार ०९:२८
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना