ग्लोबल आइएमई बैंकका ग्राहकले काठमाडौंभित्रका मेट्रो मार्ट स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।
ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म डिस्काउन्ट पाउने बैंकले जनाएको छ। यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ।
७७ जिल्लामै शाखा कार्यालय भएको ग्लोबल आइएमई बैंकका ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखारहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सय भन्दा बढी स्थानबाट सेवा लिन सकिन्छ। बैंकले ४० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको दाबी गरेको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका देशबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ।


