२०८३ साउन १३ गते बुधबार

कर्नाटकमा कंग्रेस आईलाई सत्ता

 |  बीबीसी
Sanket

बीबीसी

काठमाडौँ, बैशाख ३१
congress in karnataka

काठमाडौं– भारतीय राज्य कर्नाटक विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीलाई पराजित गर्दै कंग्रेस आईले बहुमत ल्याएको छ। शनिबारदेखि सुरु भएको मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेस सत्तामा फर्किएको हो।

कर्नाटक विधानसभामा २२४ सिट छन्। बहुमतको सरकार बनाउन कम्तीमा ११३ सिट आवश्यक पर्छ। १३६ सिट जितेको कंग्रेसले प्रदेशमा एकल बहुमतको सरकार बनाउनेछ।
एजेन्सीका अनुसार कर्नाटकामा कंग्रेसको जित १९८९ पछिको सबैभन्दा ठूलो हो।

अघिल्लो निर्वाचनमा १०४ सिट जितेको सत्तारुढ भाजपा यसपालि ६५ सिटमा खुम्चिन पुगेको छ। कर्नाटकमा कंग्रेस आईले चुनावी बाजी मारेसँगै यसलाई नरेन्द्र मोदीको हार भन्न थालिएको छ।

लगातार दुई कार्यकाल सत्ता चलाइरहेका मोदीलाई कर्नाटकको चुनावी परिणाम आगामी राजनीतिका लागि क्षयीकरण हुने दिशामा गएको ठानिएको छ। कर्नाटकामा भाजपा पराजय हुनुको सबै जिम्मेवारी लिँदै मुख्यमन्त्री बासवराज बोम्माईले राजीनामा दिएका छन्।

कर्नाटकामा बुधबार विधानसभाको निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनम ७३.१९ प्रतिशत मत खसेको थियो। यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधानसभाको चुनाव हुँदै छ। छत्तीसगढ र राजस्थानमा कंग्रेसको सरकार छ। ती राज्यमा आफ्नो सरकार जोगाएर अन्त पनि बहुमत ल्याउन कंग्रेसलाई कर्नाटकको जितले अर्थ राख्ने राजनीतिक विश्लेषण गरिन थालेको छ।

प्रकाशित: २०८० बैशाख ३१ गते आईतबार ०८:४०
Sanket

बीबीसी

बेलायतको लन्डनमा मुख्यालय भएको बीबीसीले विभिन्न भाषामा समाचार उत्पादन, प्रकाशन तथा प्रसारण गर्दै आएको छ।
प्रतिक्रिया

थप समाचार

पश्चिम एसिया युद्ध: जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्दै ट्रम्प

काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय...

होर्मुज स्ट्रेटबारे ठूलो जोखिम लिइरहेको इरानसँग अब तीन विकल्प

तेहरानले आफ्ना बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य, आर्थिक प्रतिबन्धहरूमा सहजता तथा भविष्यमा थप आक्रमणबाट सुरक्षा चाहने छ। तर, त्यसो गर्नु आर्थिक तथा सैनिक हिसाबले सम्भवतः सबैभन्दा...

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...

कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको १०० डलरमाथि

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ १००.६ डलर पुगेको छ। यस्तै मुरवान क्रुडमा ब्यारेलको १०५ डलर पुगेको छ।

हर्मुज जलमार्ग खुला राख्न आसियानको अनुरोध

मनिला,एएफपी। अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा बढ्दो जोखिम देखिएपछि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले अन्तर्राष्ट्रिय जलघाँटीमा निर्बाध...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना