काठमाडौं– नेपाल बैंकले ललितपुरको खुमलटारमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ। ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन तथा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा शाखा उद्घाटन गरे।
कार्यक्रममा सीईओ अधिकारीले खुमलटार क्षेत्रका स्थानीयलाई आधुनिक बैंकिङ सुविधा दिन शाखा विस्तार गरिएको बताए। ललितपुर महानगरका मेयर महर्जनले नेपाल बैंक खुमलटार शाखा स्थानापछि महानगरको वित्तीय पहुँच तथा आर्थिक वृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरे।
बैंकले हाल २२८ शाखा, २०३ एटिएम, ५४ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ। कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, बागमती प्रादेशिक कार्यालय प्रमुख पासाङ दोर्जी शेर्पा तथा स्थानीय संघ–संस्थाका प्रतिनिधि, व्यापारी तथा सर्वसाधारण सहभागी थिए।
