२०८३ कार्तिक १२ गते बुधबार

एनआईसी एसिया बैंकका कर्मचारीमाथि कुटपिट, सिबिफिनको कडा विरोध

 |  Untitled
Sanket

Untitled

काठमाडौं, चैत २
kutpit

एनआईसी एसिया बैंकका कर्मचारीमाथि बैंकविरोधी प्रर्दनशनकारीले कुटपिट गरेका छन्। गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेलाई आक्रमण गरेका छन्।

बैंकका कर्मचारीमाथि नियोजितरुप आक्रमण गरिएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ। ‘सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको घटनाको सिबिफिन घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।

परिसंघले यस्ता घट्नामा संलग्नलाई कारवाहीको माग गर्दै भेनेको छ, ‘निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथि गरिएको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौं।’

यसअघि जाजरकोट जिल्लामा कर्मचारीमाथि दुर्व्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा धरपकड गर्ने काम प्रर्दशनकारीले गरेका थिए।

बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि हुने यस्ता दुर्व्यहावहार, लुटपाट, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु दिनप्रति दिन बढ्दै गएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गम्भीर ध्यानाकर्षण बताएको छ।

 

 

 

वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय उसले आग्रह गरेको छ। विश्व अर्थतन्त्रमा आएको मन्दी र अन्य आन्तरिक कारणले मुलुकको अर्थतन्त्र शिथिल भएको समयमा बैंक तथा वित्तीय संस्थाहरुमाथि भइरहेको हमलाप्रति परिसंघले विरोध जनाएको छ।

प्रकाशित: २०७९ चैत २ गते बिहिबार १०:०९
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना