काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजधानीमा र्याली निकालेको छ।
शनिवार ११ औँ पार्टी पुनर्गठन दिवसको अवसरमा सो पार्टीले काठमाडौँमा र्याली निकालेको हो।
सभाअघि निस्किएको र्याली सुन्धारा–रत्नपार्क हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत भएको छ।
सभालाई नेकपाका अध्यक्ष विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सभामा विभिन्न जिल्लाबाट कार्यकर्ताहरू आएका छन्।
















