२०८३ कार्तिक १२ गते बुधबार

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ३१
Top Bahadur Rayamajhi

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन्। काठमाडौँ बुढानीलकण्ठ क्षेत्रबाट पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझी आइतबार साँझ पक्राउ परेका हुन्।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा संलग्न भएको आरोप लागेका रायमाझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ। काठमाडौं जिल्ला अदालतले वैशाख २१ गते रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएका बेला गृहजिल्ला अर्घाखाँची रहेका उनी त्यहाँबाट हिँडे पनि बुटवल आएपछि सम्पर्कविहीन भएका थिए।

नक्कली शरणार्थी प्रकरणमै पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा रायमाझीको संलग्नता खुलाएपछि प्रहरीले उनलाई खोजेको थियो। रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध यसअघि नै पक्राउ परिसकेका छन्। यही प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गते पक्राउ परेका छन्।

यता यसै प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका खाणसहित १२ जनालाई थप ४ दिन प्रहरी हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै उनीहरुलाई थपका लागि आइतबार दिउँसो अदालतमा उपस्थित गराएको थियो।

यो प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका थिए। त्यस्तै, बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई पनि पक्राउ परेका व्यक्ति हुन्। पैसा आदानप्रदानमा सहयोग गर्ने रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन्।

 पूर्वउप्रधान तथा गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र डा इन्द्रजित राईका छोरा निरज हालसम्म पनि फरार छन्। पक्राउ पुर्जी जारी भएका थप व्यक्ति फरार रहेको प्रहरीको भनाइ छ।

यसै प्रकरणमा आजै कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

पक्राउ परेका हाई प्रोफाइल
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी
पूर्वगृहमन्त्री बालकृष्ण खाड
खाणका पीए नरेन्द्र केसी
नेपाल सरकारका सचिव टेकनारायण पाण्डे
तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई
एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी

बिचौलियाहरू: केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ राई, रामशरण केसी, गोविन्द चौधरी

फरार को को?
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा
डा इन्द्रजित राईका छोरा निरज राई
केशव तुलाधर
हरिभक्त महर्जन
लक्ष्मी महर्जन
कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा

प्रकाशित: २०८० बैशाख ३१ गते आईतबार ०९:००
प्रतिक्रिया

थप समाचार

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

कर्नालीका हिमाली जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

सुर्खेत: कर्नाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ...

सिटिजन्स सुपर ५० को इकाई मंसिर २ देखि बिक्रीमा, न्यूनतम १०० इकाई भर्नुपर्ने

काठमाडौँः सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ नामक बन्दमुखी म्युचुअल फण्डको इकाई मंसिर २ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन...

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना