काठमाडौँ– काठमाडौँ महानगरपालिकाले १ लाख जरिमाना गर्ने पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ।
पत्र बुझाउनका लागि महानगरको टोली एमालेको पार्टी कार्यालय च्यासल पुगेको थियो।
टोलीले पत्र बुझाउन खोजे पनि पार्टी कार्यालयका प्रतिनिधिले आफैँले सरसफाइ गरेको भन्दै पत्र बुझ्न अस्वीकार गरेका हुन्।
एमालेले पत्र नबुझेपछि महानगरको टोली च्यासलबाट फर्किएको छ।
शुक्रबार दरबारमार्गमा प्रधानमन्त्री ओली अध्यक्ष रहेको एमालेले सभा आयोजना गरेको थियो।
सडक र पेटीमा भएको फोहोर आफैँले सफा गरेको एमालेको दाबी छ।
फोहोर नउठाएको भन्दै महानगरले १ लाख जरिमाना गरेको छ।
महानगरका मेयर बालेन्द्र शाहले नै पोस्ट गरेका थिए।










